
पोखरामा ट्रकले स्कुटरलाई ठक्करदिदा माओवादी नेताको मृत्यु
पोखरा, २८ चैत/ पोखरामा सडक दुर्घटना हुदाँ एक जना माओवादी नेताको मृत्यु भएको छ ।
पोखरा–९ पृथ्वीचोकमा बिहीबार दिउँसो ट्रकले स्कुटरलाई ठक्कर दिदा नेकपा माओवादी केन्द्र पोखरा–१४ का पूर्व अध्यक्ष तथा अखिल नेपाल किसान महासंघ –क्रान्तिकारी) कास्की जिल्ला समितिका सचिव शिवराज कँडेलको मृत्यु भएको हो ।
ट्रकको ठक्करबाट स्कुटरको पछाडि बसेका ५३ वर्षीय कँडेल घाईते भएपछि उद्दार गरेर गण्डकी मेडिकल कलेज लगिएपनि उपचारको क्रममा मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।
ना. ५ ख. ६२२२ नम्बरको ट्रकले ग१६प २०७५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक २३ वर्षीया सुस्मिता कँडेलको हात र घुँडामा चोट लागेको छ । उनको गण्डकी मेडिकल कलेज उपचार भइरहेको छ ।
स्कुटरलाई ठक्कर दिने ट्रकसहित चालकलाई वडा प्रहरी कार्यालय बैदामले नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ । शिवराज र सुस्मिता कँडेल बाबु छोरी हुन् ।