
पोखराका देवेन्द्र बास्तोलाको दुर्घटनामा निधन
पोखरा, २७ बैशाख/ नेपाल पत्रकार महासंघ कास्कीका पूर्व सदस्य एवं युवा नेता देवेन्द्र बास्तोलाको दुर्घटना परि निधन भएको छ ।
शनिबार लेखनाथ तालवेंसीमा मोटरसाइकल दुर्घटना हुँदा निधन भएको आफन्तले जानकारी दिएका छन् । उनी ४६ वर्षका थिए ।
उनी अघिल्लो स्थानीय तह निर्वाचनमा पोखरा–११ मा एमालेबाट वडा अध्यक्ष पदका उम्मेदवार समेत थिए ।
पोखरा न्यूरोडको पिपल्स बचत तथा ऋण सहकारी संस्थाका सचिव थिए । लामो समय मणिपाल शिक्षण अस्पतालमा समेत कार्य गरेका उनी विभिन्न सामाजिक संघसंस्थामा पनि आबद्ध थिए ।
उनका आमा, श्रीमती र छोरा छन् । शव पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल राखिएको छ ।





