हावाहुरीले रुख ढाल्दा च्यापेर २ जनाको मृत्यु, ३ घाइते

-


     क्लिक गण्डकी     
     जेठ ३ गते २०८२ मा प्रकाशित


शव

बुटवल, २ जेठ / हावाहुरीले रुख ढाल्दा च्यापिएर दुई जनाको मृत्यु भएको छ । पश्चिम नवलपरासीको सुनवलमा दुई जनाको मृत्यु भएको हो ।

रुखले च्यापेर सुनवल ७ निवासी ३० वर्षिया मिरा बयम्बु र ४० वर्षिय दुर्गाबहादुर पुनको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुनवलका प्रमुख सन्तोष पौडेलले जानकारी दिए ।

हावाहुरी सहित आएको पानीबाट जोगिन उनीहरू प्रतिक्षालयमा ओत लागेका थिए । प्रतिक्षालयमाथि नै रुख ढलेपछि मानवीय क्षती भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

रुखले च्यापेर तीन जना घाइते भएका छन् । घाइते हुनेमा स्थानीय नरमा परियार, दुर्गा खाम्चा र एकजनाको परिचय नखुलेको प्रहरीले जनाएको छ ।