पोखरामा १२ घरमा सुनका गरगहना चोरी गर्ने गिरोहका ५ जना पक्राउ

-


     क्लिक गण्डकी     
     जेठ ३ गते २०८२ मा प्रकाशित


पोखरामा १२ घरमा सुनका गरगहना चोरी गर्ने गिरोहका ५ जना पक्राउ

पोखरामा १२ घरमा सुनका गरगहना चोरी गर्ने गिरोहका ५ जना पक्राउ

पोखरा २, जेठ / जिल्ला प्रहरी कार्यालय कास्कीले चोरीमा संलग्न ५ जनालाई पक्राउ पछि सार्वजनिक गरेको छ । शुक्रबार कार्यालय परिषर्मा पत्रकार सम्मेलन गरेर प्रहरीले उनिहरुलाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा तनहुँ शुक्लागण्डकी नगरपालिकाका कट्टप्पा भन्ने सुवास विक, विमल विक र गणेश सुनार, स्याङ्जा पुतलीबजार नगरपालिका घर भएका सुरेश विक र दुर्गाबहादुर थापा छन् ।

पोखरा महानगरपालिका वाडानम्बर २६, ३०, ३१ र ३२ वडा र तनहुँका विभिन्न स्थानमा घरको तालाफोडी चोरी गरेका घटनामा संलग्नलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरिक्षक श्यामबाबु ओलीयाले जानकारी दिए ।

उनिहरुको साथबाट प्रहरीले सुन र चाँदीका गरगहना बरामद गरेको छ । बरामद गरगहना मध्य १२ तोला ८ लाल सुन र २४ तोला चाँदी रहेको छ ।

चोरी गरेका गरगहना नातेदार दुर्गाबहादुर सुनार भन्ने दुर्गा बहादुर थापालाई दिने गरेको र पारिवारीक रुपमा संगठीत रुपमा चोरीमा संलग्न रहेको प्रहरीको भनाई छ । उनिहरुले पोखरामा नौँ र तनहुँका तीन घरमा चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

उनिहरुको साथबाट प्रहरीले चोरीको एक थान मोटरासइकल र एक थान स्कुटर बरामद गरेको छ । उनिहरुलाई चोरी तथा डाँका सम्बन्धी कसुरमा जिल्ला अदालत कास्कीबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।