
पोखराको लामेआहालमा पोखरा आउदै गरेका माइक्रोबस दुर्घटना, ३ जनाको मृत्यु
पोखरा, ३१ बैशाख/ पोखरा–३२, लामेआहालमा काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको ग१ज ८६३० नम्बरको इलेक्ट्रिक माइक्रोबस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
पृथ्वी राजमार्ग सडक खण्डमा भएको दुर्घटनामा मृतकको सनाखत भएको छैन । दुर्घटनामा चालक सहित ८ जना घाइते भएका छन् ।
घाइते ४ जनालाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याएकामा ३ जनाको निधन भएको हो । बाँकी ७ घाइतेको पोखरा विश्वविद्यालय टिचिङ अस्पतालमा उपचार भइरहेको छ ।





