अर्थतन्त्र

पोखरामा बैंकिङ कसूर मुद्दामा १ करोड ३७ लाख जरिवाना सजाय भएका फरार प्रतिवादी पक्राउ

पोखरा, ६ असार/ कास्की जिल्ला अदालतको बैंकिङ कसूर मुद्दामा ३ महिना कैद सजाय र १ करोड ३७ लाख जरिवाना भुत्तानी तिन बाँकी रहेका एक जनालाई कास्की प्रहरीले पक्राउ गरेका छ । पोखरा महानगरपालिका वडा नम्बर ९ नयाँबजारका ७० बर्षीय लक्ष्मण गुरुङ आज जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले निजको घर वतनबाट पक्राउ गरी आवश्यक कारवाहीको अदालतमा उपस्थित गराईएको छ । अदालतले २०८० माघ ८ गते फैसला गरेको थियो । अदातलले १ करोड ३२ लाख जरिवाना र पिराको ५ लाख… पुरा पढौ

श्री एयरलाइन्सको ८० सिटे विमानद्वारा भरतपुर विमानस्थलमा सफल परीक्षण उडान

श्री एयरलाइन्सको ८० सिटे विमानद्वारा भरतपुर विमानस्थलमा सफल परीक्षण उडान
पोखरा, ६ असार/ श्री एयरलाइन्सको क्यु ४०० ड्यास ८ विमानद्वारा भरतपुर विमानस्थलमा सफल परीक्षण उडान भएको छ । क्यानडाको तत्कालीन बम्बार्डियर (हाल डी हाभिलैण्ड अफ क्यानडा) कम्पनीमा निर्मित ८० सिट क्षमताको क्यु ४०० ड्यास ८ बाट पहिलोपटक भरतपुरमा सफल परीक्षण उडान गरेको हो । सुविधाले भरिपूर्ण क्यु ४०० ड्यास ८ विमानबाट पहिलो पटक बिहीबार भरतपुरमा सफल उडान परीक्षण गरिएको कम्पनीले जानकारी दिएको छ । नेपालको विश्व परिचित चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकहरूको पहुँच अझ सहज र सुरक्षित गर्ने उद्देश्यका साथै पूर्व… पुरा पढौ

पोखरामा मोही उत्पादन गरेर बजारमा, यस्ता छन् मोहीका फाइदा

पोखरामा मोही उत्पादन गरेर बजारमा, यस्ता छन् मोहीका फाइदा
पोखरा, ३ असार/ पोखरा महानगरपालिका वडा नम्बर २६ बुढीवजारमा रहेको वजगाई डेरीले सन्जिवनी नाममा मोही बजारमा ल्याएको छ । चिसो भनेकै मोही नारा सहित, मोही बजारमा ल्याएको हो । मोहीलाई ब्राण्डीङ गरी बजारमा बिक्रिका लागी ल्याइएको बजगाई डेरीका सन्चालक सन्तोष बजगाई बताए । उनले ग्राहकको मोहीप्रति मोह बढ्न थालेपछि धेरै मात्रमा बजारमा लैजान लागेको बताए । उनले दैनिक २ हजार लिटर भन्दा बढीको माग आएको बताए । ग्राहकले अति नै रुचाएको हुँदा सोही अनुशार नै वोटल र प्याकेट दुवैमा विक्रि… पुरा पढौ

सदस्यता नविकरणमा लेउवासंघका नौ पूर्व अध्यक्षको ध्यानाकर्षण

लेखनाथ, २ असार/ लेखनाथ उद्योग बाणिज्य संघका साधारण सदस्यहरुको सदस्यता नविकरण सम्वन्धमा नौ जना पूर्व अध्यक्षहरुले वर्तमान कार्यसमितिलाई ध्यानाकर्षण गराएका छन् । संघको कार्यसमितिले सदस्यता नविकरणका सम्वन्धमा फरक नीति लिएपछि पूर्व अध्यक्षहरुले स्थापनाकालदेखीका सदस्यहरुलाई विना आधार नहटाउन आग्रह गर्दै, अध्यक्ष विनोद कुमार श्रेष्ठलाई ध्यानाकर्षण गराएका हुन । संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्य, अध्यक्षहरु चतुराखर अधिकारी, बाबुराम जमरकट्टेल, सुमन भट्टराई, बाबुराम गिरी, लक्ष्मी प्रसाद त्रिपाठी, कृष्णहरि भण्डारी, बलराम ढकाल र छत्रधर आत्रेयले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्र अध्यक्ष श्रेष्ठलाई बुझाएका हुन ।… पुरा पढौ

‘मेड इन नेपाल’ हुन्डाई भेन्यूको बिक्री सुरु

हुन्डाई गाडीको एसेम्बल नेपालमै हुने
काठमाडौँ, ३१ जेठ/ नेपालका लागि हुन्डाई मोटर कम्पनीको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. ले भगिनी संस्था लक्ष्मी मोटर कर्पोरेसनबाट नेपालमा नै हुन्डाई भेन्यूको व्यावसायिक उत्पादन गरी विक्री सुरु गरेको छ । लक्ष्मी मोटर कर्पोरेसनले पहिलो पटक नेपालमा हुन्डाई भेन्यू मोडल उत्पादन गर्ने र यसको बनावट, गुणस्तर, पर्फमेन्स लगायतका गुणहरू हुन्डाई मोटर कम्पनी, कोरिया वा इन्डियामा बन्ने सोही मोडलका गाडीहरू सरह कै रहेको कम्पनीले दाबी गरेको छ । प्रथम चरणमा हुन्डाई भेन्यूका दुई भेरिएन्ट उत्पादन गर्ने र क्रमशः केही समय भित्र… पुरा पढौ

बंगलादेश – पोखरा सीधा उडान गर्ने एयर एस्ट्राको तयारी

बंगलादेश पोखरा सीधा उडान गर्ने एयर एस्ट्राको तयारी
पोखरा, ३१ जेठ/ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बंगलादेशको निजी वायुसेवा कम्पनी ‘एयर एस्ट्रा’ले सीधा उडानको तयारी थालेको छ । एयर एस्ट्राले ढाका–पोखरा नियमित उडानको लागि प्रक्रिया अगाडि बढाएको हो । पोखरामा उडान सुरु गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा एयर एस्ट्राले निरन्तर सम्पर्क गरिरहेको नागरिक उड्डयनले प्राधिकरण जनाएको छ । नेपालको पर्यटकीय राजधानी पोखरामा १७ पुस ०७९ बाट सञ्चालनमा आएको विमानस्थलमा अहिलेसम्म एउटै नियमित उडान हुन सकेको छैन । ढाकाबाट पोखरामा अन्तर्राष्ट्रिय उडान अनुमतिका लागि एयर एस्ट्राको नेपालस्थित जनरल सेल्स एजेन्ट (जिएसए)… पुरा पढौ

सिसिटिभि क्यामेरा जोभिजन ब्राण्ड पोखरामा

सिसिटिभि क्यामेरा जोभिजन ब्राण्ड पोखरामा
पोखरा, ३० जेठ/ सिसिटिभि क्यामेरा जोभिजन ब्राण्डका पदाधिकारी र लायन्स क्लब अफ पोखरा इन्फर्मेशन टेक्नोलोजीका पदाधिकारी बिच अन्तरक्रिया सम्पन्न भएको छ । पोखरा रहेका सिसिटिभी क्यामेरा बिक्रेताहरुद्धारा गठन भएको लायन्स क्लबका पदाधिकारी र भर्खर बजारमा आएको सिसिटिभी क्यामेरा जोभिजन ब्राण्डका ब्यवसाय बिकास ब्यवस्थापक आशुुतोष श्रेष्ठ र जोभिजनका आधिकारीक बिक्रेता एस एचटीसि प्रालिका बिभाग प्रमुख अभिजीत विश्वास बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । उक्त अन्तरक्रिया कार्यक्रममा वोल्दै जोभिजन ब्राण्डका ब्यवसाय बिकास ब्यवस्थापक आशुतोष श्रेष्ठले पोखरामा रहेका सिसिटिभीका बिक्रेताहरुको सहकार्यको प्रशंसा… पुरा पढौ

पोखराको खपौदीमा ८५ लाखमा बाबाको ढावा

पोखराको खपौदीमा ८५ लाखमा बाबाको ढावा
पोखरा, ३० जेठ/ पोखरा महानगरपालिका वडा नम्बर १८ खपौदीमा बाबाको ढावा रेष्टुरेण्ट सञ्चालनमा आएको छ । अनुपम विभास, प्रकाश ढुङ्गाना, दामोदर भण्डारी सहितको टोलीले रेष्टुरेण्ट सञ्चालनमा ल्याएको हो । अर्गानीक फार्म सहितको रेष्टुरेण्ट सञ्चालनमा ल्याएका उनीहरुले एर्गो टुरिजम बढावा दिने उद्देश्य सहित तयारी गरेको बताए । रेष्टुरेण्टलाई आवश्यक पर्ने तरकारी आफ्नै बारीमा, कुखुरा आफ्नै फार्म र माछा आफ्नै माछा पोखरीमा उत्दान हुने छन् । धेरै आफ्नै उत्पादन हुने भएकाले रेष्टुरेण्टको मेनुमा पनि अन्यत्र भन्दा सस्तो रहेको सञ्चालक अनुपम विभासले बताए… पुरा पढौ

पोखरा–काठमाण्डौ–पोखरा रात्रीबसमा सुबिधा सम्पन्न बस सञ्चालनमा

पोखरा–काठमाण्डौ रात्रीबसमा सुबिधा सम्पन्न बस सञ्चालनमा
पोखरा, २४ जेठ/ पोखरा देखी काठमाण्डौका लागि लक्जरी बस सेवा सञ्चालनमा आएको छ । शुभ जगदम्बा ट्राभल्सले पोखरा- काठमाण्डौ- पोखराका लागि सुबिधा सम्पन्न बस सञ्चालनमा ल्याएको हो । पोखरा २५ हेम्जाबाट साझँ शुरु भएको बस सेवा जिरोकिमि, हल्नचोक, अमरसिंह हुदै काठमाडौं जाने र काठमाडौंबाट पनि रात्रीबस पोखरा आउने सञ्चालक दामुअधिकारीले जानकारी दिए । सञ्चालक अधिकारीका अनुसार अहिले दुई वटा बस थप गरिएको र थप सेवा सहित अन्य बस पनि क्रमिक रुपमा थप हुदै जाने बताए । उनले लक्जरी सिट, अत्याधुनिक… पुरा पढौ

पेट्रोल–डिजेलको मूल्य घट्यो (पोखरामा कति)

पोखरा, १८ जेठ/ नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शनिबारबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल र डिजेल, मट्टीतेलको मुल्य घटाएको हो । निगमले पेट्रोलमा प्रतिलिटर तीन रूपैयाँ र डिजेल तथा मट्टीतेल एक रूपैयाँ घटाएको छ । खाना पकाउने ग्यासको मुल्य भने यथावत छ । निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार फरक छ । पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा पेट्रोलको मूल्य १६५ रूपैयाँ ५० पैसा र… पुरा पढौ