पोखराको न्युरोडमा राष्ट्रिय पोशाक घरको शाखा

-


     क्लिक गण्डकी     
     श्रावण ८ गते २०८१ मा प्रकाशित


पोखराको न्युरोडमा राष्ट्रिय पोशाक घरको शाखा

पोखराको न्युरोडमा राष्ट्रिय पोशाक घरको शाखा

पोखरा, ८ साउन/ पोखराको न्युरोडमा राष्ट्रिय पोशाक घर सञ्चालनमा आएको छ । करिब १ करोडको लागतमा दुई जना युवा व्यवासायीले पोखरामा राष्ट्रिय पोशाक घर सञ्चालनमा ल्याएका हुन् ।

दौरा–सुरुवाल, ढाका टोपी, सट, पाइन्ट, सुट लगाएतका पुरुषका लागि आवश्यक पर्ने सबै कपडाहरु पाइने सञ्चालकले बताए ।
दौरा सुरुवालका विभिन्न डिजाइनका उच्चस्तरीय गुणस्तर र सिलाइलाई ध्यानमा राखेर सञ्चालनमा ल्याएको बताए । यस अगाडी काठमाडौंको बानेश्वरमा सञ्चालनमा रहेको राष्ट्रिय पोशाक घर पोखरामा शाखाका रुपमा सञ्चालनमा आएको हो ।

पछिल्लो समय घुम्दैफिर्दै पुरानै फेशनले महत्व पाएको सञ्चालक राम कडेलले बताए । उनले विवाह, ब्रतबन्ध तथा अन्य पर्वमा दौरा–सुरुवालको प्रचलन आएको बताए । केही वर्ष अघिसम्म विवाहमा बेहुलाले कोटपाइन्ट लगाएको देखिन्थ्यो । अचेल जन्तीहरूमा समेत दौरा–सुरुवाल लागउने चलन आएको बताए ।

दौरा–सुरूवाल नेपालमा मात्र होइन विदेशबाट पनि माग आउने गरेको अर्का सञ्चालक श्याम बजगाईले बताए । उनले राष्ट्रिय पोशाक घरमा स्थतरी सिलाई र गुणस्तरीय कपडा पाइने बताए । उनले यहाँ सिलाएको दौरा सुरुवाल शरिरमा लगाउदा राम्रो मिल्ने गरी नयाँ नयाँ डिजाइनमा सिलाई हुने दावी गरे । उनले अर्गानीक फेबिकको कपडा धेरै मात्रामा प्रयोग हुने गरेको बताए ।

पहाडी भेगमा बढी प्रयोग हुँदै आएको पोशाक अहिले विदेशमा समेत फेसनको रुपमा छ । दौरामा दायाँबायाँ कल्ली गाँसेर घुमाउरो फेर पारिएको, दायाँ र बायाँका तलमाथि चार ठाउँ तुना बाँधिने, दोबरी पारेर वा कठालो र फेरका भित्रपट्टी छेउमा सेप्टी लगाएर सिइएको हुन्छ ।

दौरासँग सुरूवाल, टोपी र इस्टकोट लगाइन्छ । यति कुरा लगाएका मानिसलाई नेपाली भनेर चिन्न सजिलो हुन्छ । राष्ट्रिय पोसाकका रूपमा दौरा सुरुवाल अचेल लोकप्रिय छ । नेताहरु औपचारीक पोसाक यही नै हुने गरेको बजगाईले बताए ।



Tags: