पेट्रोलियम पदार्थको मूल्य बढ्यो, पोखरामा कति मूल्य

-


     क्लिक गण्डकी     
     असार १७ गते २०८१ मा प्रकाशित


पेट्रोलियम पदार्थको मूल्य बढ्यो, पोखरामा कति मूल्य

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, पोखरामा कति मूल्य

पोखरा, १६ असार/ नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको निगमले विज्ञप्ती जारी गरेर जानकारी दिएको छ ।

मूल्यवृद्धिपछि काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १६७ रुपैयाँ र डिजल तथा मट्टितेल प्रतिलिटर १५७ रुपैयाँ पर्नेछ ।

त्यस्तै चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा वरपर पेट्रोलको मूल्य प्रतिलिटर १६४ र मट्टितेल तथा डिजल प्रतिलिटर १५२ रुपैयाँ पर्नेछ ।

सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर १६६ र डिजल तथा मट्टितेल १५६ रुपैयाँ पनेछ । हवाइ इन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको छ ।