पेट्रोल, डिजेलको मूल्य बढ्यो (पोखरा क्षेत्रमा कति पुग्यो)

-


     क्लिक गण्डकी     
     असार ३२ गते २०८१ मा प्रकाशित


oil

पोखरा, ३१ असार/ नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ । सोमबार बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ बढाएको हो ।

मूल्यवृद्धिपछि पेट्रोलको मूल्य काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा प्रतिलिटर १७१ पुगेको छ । चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज वरपर प्रतिलिटर १६८ पुगेको छ । सुर्खेत र दाङ वरपर १७० पुगेको छ ।

डिजेल र मट्टितेलको मूल्य चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज वरपर प्रतिलिटर १५७ पुगेको छ ।

सुर्खेत र दाङ वरपर १५९ र काठमाडौं, पोखरा र दिपायल वरपर प्रतिलिटर १६० पुगेको छ ।