
सुलभको डिपार्टमेन्टल स्टोर्सको स्कुटर दुर्गा बजगाईले जितिन्
पोखरा, ३ साउन/ पोखरा ६ जरेबरमा रहेको सुलभ डिपार्टमेन्टल स्टोर्सले ग्राकहरुलाई लक्षित गरि ल्याएका उपहार योजना लक्की ड्र मार्फत सार्वजनीक गरेको छ ।
सुलभ उपभोक्ता सहकारी संस्थाद्वारा सञ्चालित स्टोर्सको प्रथम पुरस्कारमा टिभिएसको स्कुटर दुर्गा बजगाईले जितेकी छन् ।
जिल्ला प्रहरी कार्यालय कास्की एसपि मोहन थापाले लक्की ड्र तान्दा १००७३ नम्बरको दीपक पाठकको नम्बर तान्दै प्रथम पुरस्कार विजेता घोषणा गरे ।
द्वितीय पुरस्कार एलजिको वासिङ मेसिन कुपन नम्बर ३५४४१ की अनाकी नागालाई परेको छ । त्यसै गरी तेस्रो पुरस्कार कुपन नम्बर २७०४२ का भेनिशा रानालाई परेको छ ।
सान्तोना पुरस्कार १२ जनाको नाम लक्की ड्र मार्फत छानेको डिपार्टमेन्टलका प्रबन्ध निर्देशक लक्ष्मण बरालले जानकारी दिए ।
२ हजार भन्दा बढिको एकै पटकमा खरिद गर्दा एउटा कुपन दिने गरको सहकारीका अध्यक्ष गोपीबहादुर भट्टराईले बताए । उनले करिब ४० हजार कुपनबाट १५ जनालाई विभिन्न पुरस्कार लक्की ड्र मार्फत छानेको बताए ।
१५ वर्ष अगाडि पोखराका पर्यटन व्यवासायीहरुको संयुक्त लगानिमा स्थापना भएको सुलभ डिपार्टमेन्ट स्टोर्सले होटल तथा रेस्टुरेन्ट र दैनिक आवश्यक पर्ने र घरयासी सामग्रीहरुको सुलभ मूल्यमा बिक्री गर्दै आएको छ ।






