स्क्वायर मोटर्सले पोखरामा उद्घाटन गर्यो टिभिएसको नयाँ शोरूम
पोखरा, २६ असार/ टिभिएसको लागि पोखराको क्षेत्रको आधिकारिक बिक्रेता स्क्वायर मोटर्स प्राइभेट लिमिटेडले पोखरामा नयाँ टिभिएस शोरूम उद्घाटन गरेको छ । शोरुमको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले शोरुमको उद्घाटन गरे ।
नेपालमा उपलब्ध टिभिएसका सम्पूर्ण बाइक तथा स्कुटर शोरुममा उपलब्ध हुने छन् । बिक्री पछिको सेवालाई प्राथमिकता दिदै सर्भिस र स्पेयर्स पार्टसको समेत सुविधा रहने गरी शोरुम सञ्चालनमा ल्याइएको प्रालिले जनाएको छ ।
सर्भिस सेन्टर पोखरा ५ प्रस्याङमा स्थापना गरिएको कम्पनीका कार्यकारी निर्देशक बिनोज पोटेले जानकारी दिए । पोखरामा टीभीएसका उच्च स्तरका उत्पादन र सेवाहरू उपलब्ध गराउन आफूहरु प्रतिबद्ध रहेको सञ्चालक आदर्शमान श्रेष्ठले प्रतिबद्धता जनाए ।
टिभिएसका लागि नेपालको आधिकारिक बिक्रेता जगदम्बा मोटर्स प्रा.लि. होे । देशभर १५० भन्दा बढी डिलरहरुको सञ्जालका कारण टिभिएसले बजारमा आफ्नो मजबुत पकड बनाउन र ग्राहकहरूलाई सन्तुष्ट बनाउन सफल भएको प्रालिले जनाएको छ ।