अर्थतन्त्र

पोखरा १८ खपौदीमा ८५ लाखमा बाबाको ढावा

पोखरा १८ खपौदीमा ८५ लाखमा बाबाको ढावा
पोखरा, १४ जेठ/ पोखरा १८ खपौदीमा बाबाको ढावा रेष्टुरेण्ट सञ्चालनमा आएको छ । अनुपम विभास, प्रकाश ढुङ्गाना, दामोदर भण्डारी सहितको टोलीले रेष्टुरेण्ट सञ्चालनमा ल्याएको हो । अर्गानीक फार्म सहितको रेष्टुरेण्ट सञ्चालनमा ल्याएका उनीहरुले एर्गो टुरिजम बढावा दिने उद्देश्य सहित तयारी गरेको बताए । रेष्टुरेण्टलाई आवश्यक पर्ने तरकारी आफ्नै बारीमा, कुखुरा आफ्नै फार्म र माछा आफ्नै माछा पोखरीमा उत्दान हुने छन् । धेरै आफ्नै उत्पादन हुने भएकाले रेष्टुरेण्टको मेनुमा पनि अन्यत्र भन्दा सस्तो रहेको सञ्चालक अनुपम विभासले बताए । उनले लेकसाइड… पुरा पढौ

‘टेम्पल बेल बुटिक होटल एण्ड स्पा’ ६ महिना पछि सञ्चालनमा आउने

‘टेम्पल बेल बुटिक होटल एण्ड स्पा’ ६ महिना पछि सञ्चालनमा आउने
पोखरा, १२ जेठ/ पोखरामा नयाँ नयाँ होटल थपिने क्रम जारी छ । पोखराका पर्यटन व्यवसायी दाजुभाइ विश्वराज पौडेल र भीष्मराज पौडेलले ‘टेम्पल बेल बुटिक होटल एण्ड स्पा’ सञ्चालनमा ल्याउने तयारीमा छन् । चिल्ली गु्रप अन्तर्गत सञ्चालनमा आउने होटल अहिले निर्माणाधीन छ । पोखराको लेकसाइडस्थित स्ट्रिट नम्बर १७ लालुपाते मार्गमा होटल निर्माणको काम भइरहेको छ । अबको ६ महिनामा सम्पन्न गर्ने लक्ष्य छ । होटलमा ४७ वटा डिलक्स रुम, ५ वटा सुपर डिलक्स, २ वटा जुनियर स्विट र १ वटा प्रेसिडेन्सियल… पुरा पढौ

पोखरा आइडिया मार्टमा सहभागी मध्ये १० समुह अन्तिम चरणमा प्रवेश

युवालाई व्यवसायी बनाउन पोखरा आइडिया मार्ट, युवाका १८ योजना छनौट
पोखरा, ९ जेठ/ पोखरा महानगर ब्यवसाय प्रवद्र्धन केन्द्रद्धारा आयोजित पोखरा आइडिया मार्ट २०८१ तथा बुट क्याम्पमा सहभागी मध्ये अन्तिम प्रतिस्पर्धाका लागि १० वटा समुह छनौट भएका छन् । छनौट भएका समुहमा डिभाइन डिस, इभालय टेक, ग्रीनोभेसन, नीटी, आवर सिटी इज जिरो वेस्ट, रेन्टल, टीम स्वीफ्ट वे, थिन क्लाइन्ट, ट्रेक गाइड कनेक्ट र ट्रफअपसाइकल रहेका छन् । ब्यवसाय प्रवद्र्धन केन्द्रले जेठ ६ देखि ८ गते सम्म आयोजना गरेको पोखरा आइडिया मार्ट तथा बुट क्याम्पमा सहभागी १७ समुह मध्ये १० वटा समुह… पुरा पढौ

युवालाई व्यवसायी बनाउन पोखरा आइडिया मार्ट, युवाका १८ योजना छनौट

युवालाई व्यवसायी बनाउन पोखरा आइडिया मार्ट, युवाका १८ योजना छनौट
पोखरा, ७ जेठ/ व्यवसाय प्रवद्र्धन केन्द्र पोखरा महानगरपालिकाको आयोजना एवम् नेपाली युवा उद्यमी मञ्चको सहकार्यमा पोखरा आइडिया मार्ट तथा बुट क्याम्प सुरु भएको छ । लुम्लेस्थित कृषि अनुन्धान निर्देशनालयको सभाकक्षमा तीन दिनसम्म सञ्चालन हुने मार्टको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गर्नुभयो । कार्यक्रममा महानगरप्रमुख आचार्यले कार्यक्रममा युवाहरूले प्रस्तुत गर्ने हरेक आइडियाहरू समाजको उन्नयनका लागि प्रेरक बन्न सक्ने बताउनुुभयो । अघि सारिएका आइडियाहरूलाई थप परिष्कृत गर्दै जानुपर्नेमा जोड दिदै उहाँले महानगरपालिकाले युवाहरूको उद्यमशिलता अभिबृद्धिका लागि यस किसिमका कार्यक्रमलाई प्राथमिकतामा राखेको… पुरा पढौ

सुनको मूल्यमा नयाँ रेकर्ड

सुन
पोखरा, ३ जेठ /सुनको मूल्यमा नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि निकालेको मूल्य सूचीअनुसार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४० हजार रुपैयाँ तय गरिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा १ हजार ६ सय रूपैयाँ बढी हो । सुनको मूल्य अहिलेसम्म १ लाख ४० हजारमा कारोबार हुदै नयाँ रेकर्ड राखेको हो । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा पनि प्रभाव परेको महासंघले जनाएको छ । वैशाख ९ गते सुनको मूल्य अहिलेसम्मकै धेरै १… पुरा पढौ

पोखराको प्राइम सहकारीको १ अर्व ५४ करोड रुपैयाँ हिनामिना, ८ जना पक्राउ

पोखरा अर्को सहकारी समस्याग्रस्त, प्राइम सहकारी बिरुद्ध उजुरी दिन आह्वान
पोखरा, १ जेठ/ पोखरा महानगरपालिका वडा नम्बर ४ गैह्रापाटनमा रहेको प्राइम बहुउद्देश्यीय सहकारी संस्थाको १ अर्व ५४ करोड रुपैयाँ भन्दा धेरै हिनामिना भएको पाइएको छ । सहकारी रजिस्ट्रारको कार्यालयले गरेको छानबिनपछिको प्रतिवेदन कास्की प्रहरीमा मंगलबार बुझाइए पछि प्रहरीले ८ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. ४ गैह्रापाटन बस्ने वर्ष ६६ का निदेश प्रसाद कोइराला (नि.वर्तमान अध्यक्ष), जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. १४ चाउथे बस्ने वर्ष ४३ का शंकर कार्की(अध्यक्ष ), जिल्ला कास्की… पुरा पढौ

पोखरा अर्को सहकारी समस्याग्रस्त, प्राइम सहकारी बिरुद्ध उजुरी दिन आह्वान

पोखरा अर्को सहकारी समस्याग्रस्त, प्राइम सहकारी बिरुद्ध उजुरी दिन आह्वान
पोखरा, १ जेठ/ पोखरा महानगरपालिका वडा नम्बर ४ मा रहेको प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड समस्याग्रस्त परेको छ । सहकारीका सञ्चालक तथा पदाधिकारीले निक्षेपकर्ताका बचत रकम फिर्ता नगरि रकम हिनामिना एवं ठगी गरेको भन्दै प्रहरीले उनीहरु बिरुद्ध उजुरी दिन आह्वान गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की मंगलबार सूचना जारी गर्दै उजुरी दिन आह्वान गरेको हो । सहकारीको कति रकम हिनामिना भयो भन्ने विषयमा केही खुलेको छैन । कास्की प्रहरीले प्रतिवेदन अनुसन्धानको क्रममा रहेको र केही दिनमा सबै विषय सार्वजनिक… पुरा पढौ

पोखरामा कुखुराको मासु मुल्य बढ्यो

कुखुराको मासु
पोखरा, १ जेठ/ पोखरामा ब्रोइलर कुखुराको मासु मुल्य बढेको छ । वैशाख महिनामा नै तीन पटक मुल्य बढेर प्रति केजी ब्रोइलर कुखुराको मासुको मुल्य ५ सय भन्दा माथि पुगेको छ । वैशाख २ गते वृद्धि भएर ४६५, वैशाख १६ गते ४९० र वैशाख २३ गते ५१० रुपैयाँ पुगेको छ । चैतसम्म प्रतिकिलो ४५० रुपैयाँमा मासु विक्रि हुदै आएको थियो । चैत देखी असारसम्म गर्मीका कारण माग कम हुँदा कुखुराको मासुको मुल्य घट्ने गरेपनि यस वर्ष भने उल्टो भएको व्यवसायीहरु बताउ… पुरा पढौ

पोखरामा चेक बाउन्सले नित्याएका चुनौतिबारे चर्चा, व्यवसायी र प्रहरी हैरान

पोखरामा चेक बाउन्सले नित्याएका चुनौतिबारे चर्चा, व्यवसायी र प्रहरी हैरान
पोखरा, ३१ वैशाख/ पोखरा उद्योग वाणिज्य संघले बढ्दो चेक अनादर (बाउन्स) र यसले निम्त्याएका समस्या एवं समाधानका उपायबारे विज्ञसहितको अन्तक्र्रिया कार्यक्रम आयोजना गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र बैंकर्स एसोसियसन गण्डकीसँगको सहकार्यमा आइतबार आयोजित कार्यक्रममा चेक बाउन्सले निम्त्याएका चुनौती चिर्नको लागि अपनाउनुपर्ने कानूनी बाटोबारे पनि बृहत चर्चा भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाबाट बैंकिङ कसुरको अवस्था, समस्या र समाधानका उपायहरु विषयक कार्यपत्र प्रस्तुत हुँदा सो कार्यक्रममा विज्ञको रुपमा बैकर्स एसोसियन गण्डकीका संयाजक… पुरा पढौ

हुन्डाई गाडीको एसेम्बल नेपालमै हुने

हुन्डाई गाडीको एसेम्बल नेपालमै हुने
पोखरा, २८ वैशाख/ हुन्डाई गाडीको एसेम्बल नेपालमा नै हुने भएको छ । त्यसका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी मोटर कर्पोरेसनले शुक्रबारदेखि हुन्डाई मोटर एसेम्बल सुरू गरेको हो । त्यसका लागि लक्ष्मी मोटरले नवलपरासीमा प्लान्ट स्थापना गरेको छ । शुक्रबार नवलपरासी पुगेर प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरे । प्रधानमन्त्री प्रचण्डले निजी क्षेत्रलाई विश्वासमा लिएर अर्थतन्त्र सुदृढीकरण गरिने बताउँदै प्रधानमन्त्रीले लगानी सहजीकरण गर्न सरकार प्रतिबद्ध रहेको बताए । उनले निजी क्षेत्रलाई विश्वासमा लिएर अर्थतन्त्र सुदृढीकरण गरिने बताउँदै प्रधानमन्त्रीले लगानी सहजीकरण गर्न… पुरा पढौ