पोखरा, २२ चैत/ राइड सेयरिङ व्यवसायमा कम्पनी पठाओले पोखरासँगै देशभर थप १७ सहरमा ‘बाइक राइड’ सेवा बिस्तार गर्ने भएको छ । देशभर सेवा बिस्तार गर्ने नीतिअनुसार बागमती प्रदेशको काठमाडौँ उपत्यका र चितवनमा मात्रै सीमित पठाओको सेवा छिट्टै थप सहरमा उपलब्ध गराउन लागिएको पठाओ नेपालका प्रबन्ध निर्देशक असिम मान सिंह बस्न्यातले जानकारी दिए । उनले कोशी प्रदेशका नौ सहरहरु बिराटनगर, दमक, उर्लाबारी, बिराटचोक, इटहरी, इनरुवा, धरान, बिर्तामोड, भद्रपुरमा उपलब्ध हुने बताए । मधेस प्रदेशको वीरगञ्ज र जनकपुरमा सेवा उपलब्ध हुने कम्पनीले…
पुरा पढौ