पोखराको प्राइम सहकारीको १ अर्व ५४ करोड रुपैयाँ हिनामिना, ८ जना पक्राउ

-


     क्लिक गण्डकी     
     जेठ १ गते २०८१ मा प्रकाशित


पोखरा अर्को सहकारी समस्याग्रस्त, प्राइम सहकारी बिरुद्ध उजुरी दिन आह्वान

प्राइम सहकारी

पोखरा, १ जेठ/ पोखरा महानगरपालिका वडा नम्बर ४ गैह्रापाटनमा रहेको प्राइम बहुउद्देश्यीय सहकारी संस्थाको १ अर्व ५४ करोड रुपैयाँ भन्दा धेरै हिनामिना भएको पाइएको छ ।

सहकारी रजिस्ट्रारको कार्यालयले गरेको छानबिनपछिको प्रतिवेदन कास्की प्रहरीमा मंगलबार बुझाइए पछि प्रहरीले ८ जना पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा

  • जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. ४ गैह्रापाटन बस्ने वर्ष ६६ का निदेश प्रसाद कोइराला (नि.वर्तमान अध्यक्ष),
  • जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. १४ चाउथे बस्ने वर्ष ४३ का शंकर कार्की(अध्यक्ष ),
  • जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. ११ रानीपौवा बस्ने वर्ष ३६ की निरु थापा के.सी. (सहकारी व्यवस्थापक),
  • जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. २७ अर्चले बस्ने वर्ष ३७ का सुरेन्द्र मणी पौडेल (कर्मचारी प्रमुख),
  • जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. १३ आर्वा स्थायी वतन भई हाल ऐ. वडा नं. १२ ढिकालेथर बस्ने वर्ष ५३ का ईन्द्र प्रसाद बराल (कानुनी सल्लाहाकार),
  • जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. ३० शिशुवा बस्ने वर्ष ५२ का कुलदिप भट्टराई (पुर्व कोषाध्यक्ष),
  • जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. ३० शिशुवा बस्ने वर्ष ३० का सुनिल थापा (कर्जा अधिकृत),
  • जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. ०८ नयाँबजार बस्ने वर्ष ६९ का मान बहादुर गुरुङ (शेयर सदस्य एबं सल्लाहकार) ।

प्रहरीले बचन कर्तालाई उजुरी आह्वान गरेर प्रक्रिया अघि बढाएको छ ।



Tags: