सुनको मूल्यमा नयाँ रेकर्ड

-


     क्लिक गण्डकी     
     जेठ ३ गते २०८१ मा प्रकाशित


सुन

सुन

पोखरा, ३ जेठ /सुनको मूल्यमा नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि निकालेको मूल्य सूचीअनुसार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४० हजार रुपैयाँ तय गरिएको छ ।

यो मूल्य अघिल्लो दिनको तुलनामा १ हजार ६ सय रूपैयाँ बढी हो । सुनको मूल्य अहिलेसम्म १ लाख ४० हजारमा कारोबार हुदै नयाँ रेकर्ड राखेको हो । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा पनि प्रभाव परेको महासंघले जनाएको छ ।

वैशाख ९ गते सुनको मूल्य अहिलेसम्मकै धेरै १ लाख ३९ हजार तीन सय पुगेको थियो । बिहीबारको लागि तेजाबी सुनको मूल्य एक लाख ३९ हजार तीन सय तोकिएको छ ।

बिहीबार चाँदीको भाउ पनि बढेको छ । चाँदी एक तोलाको मूल्य १ हजार ८ सय ५ रुपैयाँ कायम भएको छ ।



Tags: