
कुखुराको मासु
पोखरा, १ जेठ/ पोखरामा ब्रोइलर कुखुराको मासु मुल्य बढेको छ । वैशाख महिनामा नै तीन पटक मुल्य बढेर प्रति केजी ब्रोइलर कुखुराको मासुको मुल्य ५ सय भन्दा माथि पुगेको छ ।
वैशाख २ गते वृद्धि भएर ४६५, वैशाख १६ गते ४९० र वैशाख २३ गते ५१० रुपैयाँ पुगेको छ । चैतसम्म प्रतिकिलो ४५० रुपैयाँमा मासु विक्रि हुदै आएको थियो ।
चैत देखी असारसम्म गर्मीका कारण माग कम हुँदा कुखुराको मासुको मुल्य घट्ने गरेपनि यस वर्ष भने उल्टो भएको व्यवसायीहरु बताउ छन् ।
अहिले बजारमा प्रतिकिलो ५ सयदेखि ५४० रुपैयाँ सम्ममा बिक्री हुदै आएको छ । कास्कीमा दैनिक ४० हजार किलो ब्रोइलर कुखुराको मासु विक्रि हुदै आएको छ ।





