अर्थतन्त्र

सुजल फुड्सको नयाँ उत्पादन ‘चोकोफन जोय’ बजारमा

सुजल फुड्सको नयाँ उत्पादन ‘चोकोफन जोय’ बजारमा
पोखरा, ४ बैशाख/ सुजल फुड्स प्रालिले नयाँ उत्पादन ‘चोकोफन जोय’ बजारमा ल्याएको छ । कम्पनीका अनुसार ‘चोकोफन जोय’ नेपालकै प्रथम स्क्वायर मोलडेड चकलेट हो । जुन पर्याप्त मात्रामा न्यूनतम मूल्यमा उपभोक्ताले उपभोग गर्न पाउँछन् । विगतमा विदेशी चकलेटमा निर्भरतालाई तोडेर नेपालमै अन्तर्राष्ट्रिय स्तरको सजिलो, सस्तो र उच्चकोटीको ‘चोकोफन जोय’ चकलेट उपभोग गरी चकलेटको मज्जा लिन सकिने जनाएको । वर्गाकार आकारमा, कोकोआको अनुपम स्वाद र मिठासले भरिपूर्ण ‘चोकोफन जोय’ स्वादिष्ट छ । ‘चोकोफन जोय’ मुखमा राख्नन साथ पग्लिन्छ र आनन्द प्रदान… पुरा पढौ

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य फेरी बढ्यो, पोखरा क्षेत्रमा कति पुग्यो ?

पोखरा, ३ बैशाख /नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरी बढाएको छ । भारतबाट मूल्य बढेर आएको भन्दै निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको हो । बैठकले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँको दरले मूल्य बढाउने निर्णय गरेको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए । बढेको मूल्य मंगलबार बिहान १ बजेदेखि लागू हुनेछ । मूल्य वृद्धि भएसँगै पहिलो वर्ग अन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा एक लिटर पेट्रोलको मूल्य १ सय ७५ रुपैयाँ… पुरा पढौ

पोखरा सहित सातै प्रदेशमा पठाओको राइड सेयरिङ सेवा सुरू

पोखरा सहित सातै प्रदेशमा पठाओको राइड सेयरिङ सेवा सुरू
पोखरा, १ बैशाख/ राइड सेयरिङ व्यवसायको अग्रणी कम्पनी पठाओको ‘बाइक राइड’ सेवा पोखरा सहित मुलुकका थप १८ वटा सहरमा उपलब्ध भएको छ । यसअघि काठमाडौँ उपत्यका र चितवनमा मात्रै सीमित सेवालाई सातै प्रदेशमा बिस्तार गरिएको पठाओ नेपालका प्रबन्ध निर्देशक असिम मान सिंह बस्न्यातले जानकारी दिए । “स्वरोजगार सिर्जना र जनजिवन सहज बनाउदैँ काठमाडौँ उपत्यकामा लोकप्रिय रहेको पठाओलाई देशभर फैलाउन पाउँदा हामी निकै उत्साही छौँ ।” बस्न्यातले भने । कोशी प्रदेशका नौ सहरहरू बिराटनगर, दमक, उर्लाबारी, बिराटचोक, इटहरी, इनरुवा, धरान, बिर्तामोड,… पुरा पढौ

फेवा महोत्सवको तयारी अन्तिम चरणमा, रैथाने खाना महोत्सव पनि हुने

पोखरामा चैत अन्तिम साता फेवा नव बर्ष महोत्सव
पोखरा, २३ चैत/ नेपाली नयाँ बर्षका अवसरमा पोखराको फेवा किनारमा आयोजना हुने १९ औं संस्करणको फेवा नव बर्ष महोत्सवका अवसरमा नेपाली रैथाने खाना महोत्सव समेत समावेश गरिने भएको छ । तीन दिने महोत्सव यही चैत २९ गतेदेखि आगामी बैशाख १ गतेसम्म तीन दिन संचालन हुने छ । होटल संघ नेपाल केन्द्रको सहयोग र सेफ एसोसियसन अफ नेपालको सहकार्यमा पोखरा ६ गौरीघाट स्थित होटल ग्लेसियर एण्ड स्पामा गण्डकी प्रदेशस्तरीय खाना महोत्सव आयोजना गर्न लागिएको होटल संघ पोखरा नेपालका महासचिव एवं फेवा… पुरा पढौ

पोखरामा पठाओको सेवा बिस्तार

पोखरामा पठाओको सेवा बिस्तार
पोखरा, २२ चैत/ राइड सेयरिङ व्यवसायमा कम्पनी पठाओले पोखरासँगै देशभर थप १७ सहरमा ‘बाइक राइड’ सेवा बिस्तार गर्ने भएको छ । देशभर सेवा बिस्तार गर्ने नीतिअनुसार बागमती प्रदेशको काठमाडौँ उपत्यका र चितवनमा मात्रै सीमित पठाओको सेवा छिट्टै थप सहरमा उपलब्ध गराउन लागिएको पठाओ नेपालका प्रबन्ध निर्देशक असिम मान सिंह बस्न्यातले जानकारी दिए । उनले कोशी प्रदेशका नौ सहरहरु बिराटनगर, दमक, उर्लाबारी, बिराटचोक, इटहरी, इनरुवा, धरान, बिर्तामोड, भद्रपुरमा उपलब्ध हुने बताए । मधेस प्रदेशको वीरगञ्ज र जनकपुरमा सेवा उपलब्ध हुने कम्पनीले… पुरा पढौ

जहाजमा जस्तै सुबिधा भएको पोखरा-काठमाण्डौ लक्जरी बस सञ्चालन

जहाजमा जस्तै सुबिधा भएको पोखरा—काठमाण्डौ लक्जरी बस सञ्चालन
पोखरा, २१ चैत/ पोखरा देखी काठमाण्डौका लागि फाईभ स्टार लेभलको सुविधा सहितको लक्जरी बस सञ्चालनमा आउने भएको छ । जगदम्बा ट्राभल्सले काठमाण्डौ पोखरा सञ्चालन हुने गरी भाईभ स्टार लेभलको सुविधा सम्पन्न लक्जरी बस बिहीबार देखी सञ्चालनमा ल्याउन लागेको हो । ५ वर्ष अगाडीदेखि पोखरा काठमाण्डौ र पोखरा दिल्ली लक्जरी बस सञ्चालन गर्दै आएको जगदम्बा ट्राभल्सले आफ्नो चौथो संस्करणको सुपर भिआइपी लक्जरी बस सञ्चालनमा ल्याएको ट्राभल्सका सञ्चालक केशव अधिकारीले जानकारी दिए । सञ्चालक अधिकारीका अनुसार एक करोड ५० लाख लगानीमा सञ्चालन… पुरा पढौ

पोखरामा पाहुनालाई लक्षित गरी १० करोडमा नानी अपार्टमेण्ट सञ्चालनमा

पोखरामा पाहुनालाई लक्षित गरी १० करोडमा नानी अपार्टमेण्ट सञ्चालनमा
पोखरा, २१ चैत/ पोखरामा केही समयको लागि घुम्न आउने तथा आफन्तको शुभकार्यमा पाहुनाललाई लक्षित गरेर पोखरा १६ सेदीमार्गमा नानी अपार्टमेण्ट निर्माण भएको छ । नानी अपार्टमेण्ट प्रा।लि।ले उक्त अपार्टमेण्ट बनाएको हो । ‘हप्ता १० दिन वा त्यो भन्दा बढी समय पोखरा घुम्न आउने पाहुनाका लागि लक्षित गरेर यो अपार्टमेण्ट बनाईएको हो ।’ नानी अपार्टमेण्ट प्रा।लि।की सञ्चालक टिका गुरुङ्ले भनिन्, ‘कसैको घरमा हुने शुभकार्यमा आउने पाहुनाका लागि पनि यो अपार्टमेण्टका फ्ल्याटहरु उपलब्ध हुनेछन् ।’ उनले पोखराका घरहरुमा हुने उत्सवहरुमा धेरै पाहुना… पुरा पढौ

सहकारी दिवसको अवसरमा पामे बजार सरसफाई

सहकारी दिवसको अवसरमा पामे बजार सरसफाई
पोखरा, १९ चैत/ ६७ औं राष्ट्रिय सहकारी दिवस अवसरमा पामे बचत तथा ऋण सहकारीले सरसफाई कार्यक्रम गरेको छ । पोखरा २४ पामे बजारमा सहकारीले सरसफाइ गरेको हो । सरसफाइ अभियानमा फेवा क्लब पामे, फेवा आमा समुह पामे, सिर्जनशिल आमा समुह पामे, गैरी गाँउ, प्रहरी चौकी पामे लगाएतको सक्रिय सहभागीता रहेको थियो । सहकारीमा सुशासन, प्रविधि र एकिकरण भन्ने मूल नाराका साथ ६७ औं राष्ट्रिय सहकारी दिवस मंगलबार मनाउदै छन् । पामे बजारमा रहेका विभिन्न प्लाष्ट्रिक, बोतल लगाएतका फोहोरहरु भेटिएको सहकारीका… पुरा पढौ

फेवा महोत्सव तीन लाखले अवलोकन गर्ने अनुमान

फेवा महोत्सव तीन लाखले अवलोकन गर्ने अनुमान
पोखरा, १९ चैत / चैत २९ गतेदेखि आगामी वैशाख १ गतेसम्म पोखरामा आयोजना हुने १९ औं फेवा नव बर्ष महोत्सवमा पर्यटक र स्थानीय आगन्तुक गरी तीन लाखले सहभागिता जनाउने अनुमान गरिएको छ । पर्यटन, संस्कृति र खानालाई विशेष जोड दिएर होटल संघ पोखरा नेपालले स्थानीय ड्यामसाइड चोकदेखि खहरे चोकसम्म सडकमा नै आयोजना गर्ने महोत्सवलाई भव्य बनाउन तयारीलाई तिव्रता प्रदान गरिएको संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले पत्रकार सम्मेलनमा जानकारी दिए । नेपाली मौलिक संस्कृतिको संरक्षण गर्ने र कोभिड १९… पुरा पढौ

पेट्रोलको मुल्य बढ्यो (पोखरा क्षत्रेमा कति)

पोखरा, १९ चैत/ नेपाल आयल निगमले पेट्रोलको मुल्य बढाएको छ । निगमले पेट्रोलको मुल्य लिटरमा चार रुपैयाँ बढेको छ । डिजेल, मट्टीतेल र खाना पकाउने ग्यासको मुल्य भने यथावत छ । निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार फरक छ । पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा अब पेट्रोलको मुल्य लिटरको १७२ रूपैयाँ ५० पैसा पुगेको छ । यस्तै दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङ क्षेत्रमा पेट्रोलको मुल्य लिटरको १७४ रूपैयाँ पुगेको… पुरा पढौ