
oil
पोखरा, १८ जेठ/ नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शनिबारबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल र डिजेल, मट्टीतेलको मुल्य घटाएको हो ।
निगमले पेट्रोलमा प्रतिलिटर तीन रूपैयाँ र डिजेल तथा मट्टीतेल एक रूपैयाँ घटाएको छ । खाना पकाउने ग्यासको मुल्य भने यथावत छ । निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार फरक छ ।
पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा पेट्रोलको मूल्य १६५ रूपैयाँ ५० पैसा र डिजेल र मट्टीतेल १५० रूपैयाँ ५० पैसा पर्नेछ ।
त्यसै गरी दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्रमा पेट्रोलको मूल्य १६७ रूपैयाँ, डिजेल र मट्टीतेल १५२ रूपैयाँ प्रतिलिटर पर्नेछ ।
तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको मूल्य १६८ रूपैयाँ, डिजेल र मट्टीतेल १५३ रूपैयाँ पर्नेछ ।





