पोखरा–काठमाण्डौ–पोखरा रात्रीबसमा सुबिधा सम्पन्न बस सञ्चालनमा

-


     क्लिक गण्डकी     
     जेठ २४ गते २०८१ मा प्रकाशित


पोखरा–काठमाण्डौ रात्रीबसमा सुबिधा सम्पन्न बस सञ्चालनमा

पोखरा–काठमाण्डौ रात्रीबसमा सुबिधा सम्पन्न बस सञ्चालनमा

पोखरा, २४ जेठ/ पोखरा देखी काठमाण्डौका लागि लक्जरी बस सेवा सञ्चालनमा आएको छ । शुभ जगदम्बा ट्राभल्सले पोखरा- काठमाण्डौ- पोखराका लागि सुबिधा सम्पन्न बस सञ्चालनमा ल्याएको हो ।

पोखरा २५ हेम्जाबाट साझँ शुरु भएको बस सेवा जिरोकिमि, हल्नचोक, अमरसिंह हुदै काठमाडौं जाने र काठमाडौंबाट पनि रात्रीबस पोखरा आउने सञ्चालक दामुअधिकारीले जानकारी दिए ।

सञ्चालक अधिकारीका अनुसार अहिले दुई वटा बस थप गरिएको र थप सेवा सहित अन्य बस पनि क्रमिक रुपमा थप हुदै जाने बताए ।

उनले लक्जरी सिट, अत्याधुनिक तरिकाले सिट सञ्चालन गर्न सकिने, एसि, वाइफाइ लगाएको सुविधा रहेको बताए । ३५ सिट क्षमता रहेको बसका यात्रुका लागि पोखरा काठमाण्डौको भाडादर १ हजार रुपैया रहेको उनले बताए ।