
पोखरामा मोही उत्पादन गरेर बजारमा, यस्ता छन् मोहीका फाइदा
पोखरा, ३ असार/ पोखरा महानगरपालिका वडा नम्बर २६ बुढीवजारमा रहेको वजगाई डेरीले सन्जिवनी नाममा मोही बजारमा ल्याएको छ । चिसो भनेकै मोही नारा सहित, मोही बजारमा ल्याएको हो ।
मोहीलाई ब्राण्डीङ गरी बजारमा बिक्रिका लागी ल्याइएको बजगाई डेरीका सन्चालक सन्तोष बजगाई बताए । उनले ग्राहकको मोहीप्रति मोह बढ्न थालेपछि धेरै मात्रमा बजारमा लैजान लागेको बताए ।
उनले दैनिक २ हजार लिटर भन्दा बढीको माग आएको बताए । ग्राहकले अति नै रुचाएको हुँदा सोही अनुशार नै वोटल र प्याकेट दुवैमा विक्रि गर्दै आए उनको भनाई छ । उनले पोखराको बजार र तनहुँमा समेत विक्रि गर्दै आएको बताए । आधा लिटर मोहीको बोतलमा ४५ रुपैया र प्याकेटको ३५ रुपैया पर्दछ ।
शुरुमा दैनिक एक हजार लिटर मोही उत्पादन गरेर बिक्री गरेको बताउदै अहिले पनि माग अनुसार उत्पादान गर्ने बताए ।
पोषणविद्का अनुसार मोही दहीबाट बनाने भएकाले शरीरलाई फाइदा पु¥याउने धेरै तत्व हुने बताउ छन् । दहीबाट मोही बनाउँदा एक प्रकारको ब्याक्टेरिया पैदा हुन्छ, जसले पाचन प्रक्रियालाई चुस्त राख्न सहयोग गर्छ ।
मोहीले शरीरमा रगतको कमी, पानीको कमी तथा कमजोरी हुनबाट जोगाउने बताए छन् । भोक नलाग्ने व्यक्तिले मोही खाएमा फाइदा पुग्छ । मोहीले खासगरी पाचन प्रणालीलाई राम्रो बनाउँछ ।
मोहीमा क्याल्सियम, माइक्रो प्रोटिन अर्थात् सूक्ष्म पोषण तत्व र प्रोबायोटिक अर्थात् सूक्ष्म जीवाणु पाइन्छ । मोहीमा क्याल्सियम धेरै मात्रामा पाइने भएका कारण हड्डीको विकासमा सहायता गर्छ ।





