
हत्गढी
पोखरा, ६ असार/ कास्की जिल्ला अदालतको बैंकिङ कसूर मुद्दामा ३ महिना कैद सजाय र १ करोड ३७ लाख जरिवाना भुत्तानी तिन बाँकी रहेका एक जनालाई कास्की प्रहरीले पक्राउ गरेका छ ।
पोखरा महानगरपालिका वडा नम्बर ९ नयाँबजारका ७० बर्षीय लक्ष्मण गुरुङ आज जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले निजको घर वतनबाट पक्राउ गरी आवश्यक कारवाहीको अदालतमा उपस्थित गराईएको छ ।
अदालतले २०८० माघ ८ गते फैसला गरेको थियो । अदातलले १ करोड ३२ लाख जरिवाना र पिराको ५ लाख २८ हजार गरी कुल १ करोड ३७ लाख २८ हजार जरिवाना भुक्तान गर्न बाँकी रहेको जनाएको छ ।





