
आन्तरिक राजस्व कार्यालय पोखरा
पोखरा, २ साउन/ आन्तरिक राजस्व कार्यालय पोखराले आर्थिक वर्ष २०८०/०८१ मा अघिल्लो आर्थिक वर्षभन्दा सात प्रतिशत बढी राजस्व संकलन गरेको छ ।
अघिल्लो आर्थिक वर्ष ५ अर्ब २२ करोड राजस्व संकलन गरेकोमा यस आर्थिक वर्ष ५ अर्ब ५७ करोड ५५ लाख राजस्व संकलन गरेको छ ।
वार्षिक लक्ष्य ६ अर्ब ३९ करोड ४७ लाखको ८७ दशमलव १९ प्रतिशत प्रगति भएको कार्यालले जनाएको छ । आर्थिक वर्ष २०७९/०८० को भन्दा ३४ करोड ९५ लाख बढी राजस्व संकलन भएको छ ।
कार्यालयले यस आर्थिक वर्ष आयकरतर्फ ३ अर्ब ६६ करोड ८७ लाख, मूल्य अभिवृद्धि करतर्फ १ अर्ब ७३ करोड ३६ लाख र अन्तःशुल्कतर्फ १६ करोड ६७ लाख राजस्व संकलन गरेको छ ।