समाचार

बैदामका डिएसपी नमराज भट्टराई उत्कृष्ट प्रहरी घोषित

बैदामका डिएसपी नमराज भट्टराई उत्कृष्ट प्रहरी घोषित
पोखरा, १५ माघ/ वडा प्रहरी कार्यालय बैदामका डिएसपी नमराज भट्टराई उत्कृष्ट प्रहरी घोषित भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा तथा मातहतका प्रहरी कार्यालयहरूमा कार्यरत प्रहरी कर्मचारीहरूले सम्पादन गरेका कार्यहरूमध्ये वडा प्रहरी कार्यालय बैदामक प्रहरी नायव उपरीक्षक भट्टराई उत्कृष्ट भएका हुन् । उत्कृष्ट कार्यसम्पादनको उच्च मूल्याङ्कन गर्दै गण्डकी प्रदेश प्रहरी कार्यालयले भट्टराईलाई २०८२ साल पुस महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको छ । उनलाई नगद पुरस्कार र प्रमाणपत्रसहित सम्मान गरिएको प्रहरीले जनाएको छ। भट्टराईले जिम्मेवारीपूर्वक, प्रभावकारी रूपमा कार्यसम्पादन गर्दै शान्ति… पुरा पढौ

होटल एक्जुकेटिभ क्लबद्धारा पर्यटन व्यवसायी विश्वराज पौडेल सम्मानीत

होटल एक्जुकेटिभ क्लबद्धारा पर्यटन व्यवसायी विश्वराज पौडेल सम्मानीत
पोखरा, १५ माघ/ होटल एक्जुकेटिभ क्लब पोखराले पोखराका होटल व्यवसायी विश्वराज पौडेललाई सम्मान गरेको छ । क्लबको १२ औं वार्षिक साधारण सभामा पौडेललाई सम्मान गरेको हो । लामो समय देखी पोखरामा रेष्टुरेष्ट र होटल व्यवसाय गरेर रोजगारी सृजना गर्न महत्वपुर्ण भुमीका खेलेको भन्दै पौडेललाई सम्मान गरेको हो । पौडेललाई पर्यटन बोर्ड पोखराका प्रमुख मणिराज लामिछाने, होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुबेदी, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, होटल कार्यकारी क्लब पोखराका अध्यक्ष राजकुमार केसी, कार्यक्रमका संयोजक तुलसी लामिछाने लगाएतले सम्मानपत्र,… पुरा पढौ

पर्यटन व्यवसायी महिलालाई क्षमता अभिवृद्धि तालिम

पर्यटन व्यवसायी महिलालाई क्षमता अभिवृद्धि तालिम
पोखरा, १२ माघ/ पर्यटन व्यवसायी महिला संघ, नेपाल (टेवान) को आयोजनामा पर्यटन व्यवसायीका लागि क्षमता अभिवृद्धि तालिम सोमबारदेखि पोखरामा सुरु भएको छ । नेपाल पर्यटन बोर्डको सहयोगमा आयोजना भएको तालिम तीन दिनसम्म चल्नेछ । तालिमको पहिलो दिन डा.आरती रेग्मीले व्यक्तित्व विकास सम्बन्धमा सहजीकरण गरिन् । उनले शारीरिक र मानसिक स्वास्थ्य सम्बन्धमा आफ्नो प्रस्तुति राखेकी थिइन् । तालिम संयोजक मीना बरालका अनुसार दोस्रो दिन मंगलबार व्यवसाय प्रवद्र्धन र ‘ब्रान्डिङ’ सम्बन्धमा समिर बराल र डिजिटल मार्केटिङ सम्बन्धमा विजय कुमालले तालिम दिनेछन् ।… पुरा पढौ

सिद्धार्थ राजमार्गको स्तरोन्नतिः २० अर्ब लागत, पोखरा बुटवल यात्रा अवधि साढे २ घण्टामा घट्ने

सडक
पोखरा, ११ माघ/ गण्डकी प्रदेशको राजधानी पोखरा र लुम्बिनी प्रदेश जोड्ने सबैभन्दा महत्वपूर्ण सडक सिद्धार्थ राजमार्गको स्तरोन्नति प्रक्रिया अघि बढेको छ । सिद्धार्थ राजमार्गको बुटवल–पोखरा खण्डको स्तरोन्नति प्रक्रियालाई सरकारले अघि बढेको हो । सरकारले आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) बाट प्राप्त हुने २९ करोड रुपैयाँ अनुदान स्वीकार गर्ने निर्णय गरेसँगै ४८ वर्ष पुरानो राजमार्गको स्तरोन्नति भएको हो । यो रकम डीपीआर तयार गर्न खर्च गरिनेछ । २०२७ सालमा भारत सरकारको सहयोगमा निर्माण सुरु… पुरा पढौ

कास्की क्षेत्र नम्बर ३ मा १५ जनाको उमेद्वारी (को को सहित)

पोखरा, ७ माघ/ कास्की क्षेत्र नम्बर ३ मा नेकपा एमाले, नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दल सहित १५ दलले उमेद्वारी दर्ता गरेका छन् । यो क्षेत्रबाट कुनै पनि स्वतन्त्र उमेद्वारी दि र स्वतन्त्रसहित १७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । १७ जनामध्ये ५ जना स्वतन्त्र उम्मेदवारी परेको छैन । कास्की ३ मा अघिल्लो पटक चुनाव जितेको एमालेले दामोदर पौडेल बैरागीलाई दोहो¥याएको छ । उनलाई काँग्रेसका मनोज गुरुङले टक्कर दिनेछन् । नेपाली कम्युनिष्ट पार्टीबाट गोपाल गिरी,… पुरा पढौ

कास्की २ मा ५ स्वतन्त्र उमेद्वार सहित १७ जनाको उमेद्वारी (को को सहित)

कास्की २ मा ५ स्वतन्त्र उमेद्वार सहित १७ जनाको उमेद्वारी को को सहित
पोखरा, ७ माघ/ कास्की क्षेत्र नम्बर २ मा नेकपा एमाले, नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दल र स्वतन्त्रसहित १७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । १७ जनामध्ये ५ जना स्वतन्त्र उम्मेदवार छन् । कास्की २ मा नेपाली काँग्रेसतर्फबाट माधवप्रसाद बास्तोला (मधु) र एमालेबाट रश्मि आचार्यले उम्मेदवारी दर्ता गराएका छन् । संसद्को चौथो ठूलो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट उत्तमप्रसाद पौडेल चुनावी मैदानमा होमिएका छन् भने नेपाली कम्युनिष्ट पार्टीबाट हेमबहादुर थापा पराजुलीको उम्मेदवारी परेको… पुरा पढौ

स्टेप बाई स्टेपका सञ्चालक बराल दम्पतीलाई पुत्रशोक, योगेशको अमेरिकामा दुर्घटनामा परि निधन

स्टेप बाई स्टेपका सञ्चालक बराल दम्पतीलाई पुत्रशोक, योगेशको अमेरिकामा दुर्घटनामा परि निधन
पोखरा, ३० पुस/ पोखराको स्टेप बाई स्टेप माविका सञ्चालक बराल परिवारमा पुत्रशोक परेको छ । विद्यालयका संस्थापक निर्देशक रमाकान्त बराल र प्राचार्य निर्मला बरालका कान्छा छोरा योगेश बरालको अमेरिकामा २ जनवरीमा निधन भएको हो । उनी कार दुर्घटनामा परेको हुन सक्ने अमेरिकी प्रहरीलाई उद्घृत गर्दै पारिवारिक स्रोतले जनाएको छ । लामो समयदेखि अमेरिका बस्दै आएका योगेशको जन्म ७ साउन, २०४८ सालमा भएको हो । उनी स्टेप बाई स्टेप नै पढेका हुन् । ३४ वर्षको अल्पायुमै उनको निधनले सिंगो बराल परिवारमा… पुरा पढौ

तनहुँ शुक्लागण्डकी तीन जना हत्या काण्डः राजमार्ग पुगेपछि अलमलियो कुकुर

तनहुँ शुक्लागण्डकी तीन जना हत्या काण्डः राजमार्ग पुगेपछि अलमलियो कुकुर
पोखरा, २८ पुस/ तनहुँ शुक्लागण्डकी नगरपालिका–५ कसेरीघाटमा निर्माणाधिन फोहोरमैला प्रशोधन केन्द्रमा भएको हत्याका बारेमा प्रहरीले अनुसन्धान गरी रहेको छ । फोहोर मैला प्रशोधन केन्द्रको कम्पाउण्ड बाहिर दुई जना पुरुषको शव फेला परेको थियो भने केहीपर महिलाका शव फेलापरेको थियो । तीनै जनालाई धारिलो हतियार प्रहार गर्दा मृत्यु भएको देखिन्छ । घटना रहस्यपूर्ण बन्यो तत्काल प्रहरीको प्राविधिक र तालिम प्राप्त कुकुर परिचालन गरि घटनाको अनुसन्धान सुरु भयो । दुई पुरुषको शव भेटिएको स्थानबाट कुकुरले अनुसन्धान सुरु ग¥यो । पहिला फोहोर प्रशोधन… पुरा पढौ

टान गण्डकी द्धारा तीन पत्रकार सम्मानीत

टान गण्डकी द्धारा तीन पत्रकार सम्मानीत
पोखरा, २७ पुष / ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) गण्डकीले तीन पत्रकार सम्मानीत गरेको छ । ३२ औँ साधारण सभाको अवसरमा टान गण्डकीले पोखरामा रहेर सक्रिय पत्रकारीता गर्ने पत्रकारलाई सम्मान गरेको हो । पर्यटन प्रवद्धनमा उत्कृष्ट योगदान पुर्‍याउने ती पत्रकार नगर पुरस्कारसहित सम्मानित भएका हुन् । सम्मानित हुनेहरुमा पत्रकार विमल तिवारी, सुमन ढुङ्गाना र सागर ढकाल रहेका छन् । उनीहरूको पुरस्कारको राशी जनही १० हजार रुपैयाँ रहेको थियो । सबै पुरस्कृतहरूलाई टान नेपालका अध्यक्ष सागर पाण्डे, टान गण्डकीका अध्यक्ष… पुरा पढौ

पोखराको फोहोर व्यवस्थापन विवाद चर्किँदा वडाध्यक्षले नचाए खुकुरी

पोखराको फोहोर व्यवस्थापन विवाद चर्किँदा वडाध्यक्षले नचाए खुकुरी
पोखरा, २५ पुस/ फोहोर व्यवस्थापनलाई लिएर पोखरा महानगरपालिका वडा नम्बर ३३ मा भएको विवाद चर्किएको छ । स्थानीयले वडा कार्यालयमा ताला लगाएपछि वडाध्यक्ष रामचन्द्र अधिकारीले खुकुरी नचाएको प्रत्यक्षदर्शीले बताएका छन् । उनलाई छलफलका लागि जिल्ला प्रशासन कार्यालय लगिएको छ । जिल्ला प्रशासन कार्यालयभित्र छलफल चलिरहँदा बाहिर स्थानीयहरुले जीउज्यानको सुरक्षा माग्दै दबाब दिएका छन् । स्थानीय बासिन्दाले फोहोर फाल्न नदिने भन्दै वडा कार्यालयमा ताला लगाएर विरोध प्रदर्शन गरेका थिए । वडामा ल्यान्डफिल साइट राख्ने निर्णयको विरोधमा स्थानीयहरू स्वतःस्फूर्त रूपमा जम्मा भएका… पुरा पढौ