
बैदामका डिएसपी नमराज भट्टराई उत्कृष्ट प्रहरी घोषित
पोखरा, १५ माघ/ वडा प्रहरी कार्यालय बैदामका डिएसपी नमराज भट्टराई उत्कृष्ट प्रहरी घोषित भएका छन् ।
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा तथा मातहतका प्रहरी कार्यालयहरूमा कार्यरत प्रहरी कर्मचारीहरूले सम्पादन गरेका कार्यहरूमध्ये वडा प्रहरी कार्यालय बैदामक प्रहरी नायव उपरीक्षक भट्टराई उत्कृष्ट भएका हुन् ।
उत्कृष्ट कार्यसम्पादनको उच्च मूल्याङ्कन गर्दै गण्डकी प्रदेश प्रहरी कार्यालयले भट्टराईलाई २०८२ साल पुस महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको छ । उनलाई नगद पुरस्कार र प्रमाणपत्रसहित सम्मान गरिएको प्रहरीले जनाएको छ।
भट्टराईले जिम्मेवारीपूर्वक, प्रभावकारी रूपमा कार्यसम्पादन गर्दै शान्ति सुरक्षा, अपराध नियन्त्रण र सेवाप्रवाहमा उल्लेखनीय योगदान पुर्याएका छन् ।





