
कास्की क्षेत्र नम्बर ३ मा १५ जनाको उमेद्वारी
पोखरा, ७ माघ/ कास्की क्षेत्र नम्बर ३ मा नेकपा एमाले, नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दल सहित १५ दलले उमेद्वारी दर्ता गरेका छन् । यो क्षेत्रबाट कुनै पनि स्वतन्त्र उमेद्वारी दि र स्वतन्त्रसहित १७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । १७ जनामध्ये ५ जना स्वतन्त्र उम्मेदवारी परेको छैन ।
कास्की ३ मा अघिल्लो पटक चुनाव जितेको एमालेले दामोदर पौडेल बैरागीलाई दोहो¥याएको छ । उनलाई काँग्रेसका मनोज गुरुङले टक्कर दिनेछन् । नेपाली कम्युनिष्ट पार्टीबाट गोपाल गिरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट बिना गुरुङ उम्मेदवार छिन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अर्जुनप्रसाद खनालले उम्मेदवारी दिए । यस्तै, नेपाल मातृभूमि पार्टीका ओमप्रकाश विश्वकर्मा, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का कमल खड्का विश्वकर्मा, आम जनता पार्टीका कुसल थापा क्षेत्री, मंगोल नेसनल अर्गनाइजेसनका जीवनबहादुर गुरुङ उम्मेदवार छन् ।
त्यसै गरी संयुक्त नागरिक पार्टीबाट टेकबहादुर सार्की, उज्यालो नेपाल पार्टीबाट तर्कबहादुर गुरुङ, नेसनल रिपब्लिक नेपालका तीर्थ गुरुङ, नेपाल जनमुक्ति पार्टीका मीनबहादुर थापा, नेपाल मजदुर किसान पार्टीका मीना न्हिसुतु र श्रम संस्कृति पार्टीका हितकाजी गुरुङ मैदानमा छन् । कास्की ३ मा पूरा उम्मेदवारमध्ये ३ जना महिला छन् ।
अघिल्लो निर्वाचनमा नेकपा एमाले दामोदर पौडेल बैरागीले २२ हजार ९ सय ८० मत प्राप्त गदै विजयी भएका थिए । त्यसै गरी नेकपा माओवादीका रामजी प्रसाद बराल १७ हजार ५ सय ३५, राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेल १२ हजार १ सय ८०, नेकपा समाजवादीका श्रीनाथ बरालले ९ सय ६ सय ५९, राष्ट्रिय प्रजातन्त्र पार्टीका जगतप्रसाद सुबेदीले २ हजार ४ सय ४२ र स्वतन्त्र उमेद्वार कमल जंग कुँबरले ८ सय ६५ मत प्राप्त गरेका थिए ।
कास्कीमा ३ लाख ८ हजार ५ सय ७२ मतदाता छन् । तीमध्ये १ लाख ४८ हजार ४ सय १५ पुरुष र १ लाख ६० हजार १ सय ५३ महिला तथा ४ जना अन्य मतदाता छन् । जिल्लाभर १ सय ५३ मतदानस्थल र ३ सय ६३ मतदान केन्द्र तोकिएको छ ।
कास्की १ को लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र, २ को लागि ड्यामसाइडमा रहेको सिंचाइँ कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय र ३ को लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मालेपाटनमा स्थापना गरिएको छ ।





