तनहुँ शुक्लागण्डकी तीन जना हत्या काण्डः राजमार्ग पुगेपछि अलमलियो कुकुर

-


     क्लिक गण्डकी     
     पौष २८ गते २०८२ मा प्रकाशित


तनहुँ शुक्लागण्डकी तीन जना हत्या काण्डः राजमार्ग पुगेपछि अलमलियो कुकुर

तनहुँ शुक्लागण्डकी तीन जना हत्या काण्डः राजमार्ग पुगेपछि अलमलियो कुकुर

पोखरा, २८ पुस/ तनहुँ शुक्लागण्डकी नगरपालिका–५ कसेरीघाटमा निर्माणाधिन फोहोरमैला प्रशोधन केन्द्रमा भएको हत्याका बारेमा प्रहरीले अनुसन्धान गरी रहेको छ ।

फोहोर मैला प्रशोधन केन्द्रको कम्पाउण्ड बाहिर दुई जना पुरुषको शव फेला परेको थियो भने केहीपर महिलाका शव फेलापरेको थियो । तीनै जनालाई धारिलो हतियार प्रहार गर्दा मृत्यु भएको देखिन्छ ।

घटना रहस्यपूर्ण बन्यो तत्काल प्रहरीको प्राविधिक र तालिम प्राप्त कुकुर परिचालन गरि घटनाको अनुसन्धान सुरु भयो । दुई पुरुषको शव भेटिएको स्थानबाट कुकुरले अनुसन्धान सुरु ग¥यो । पहिला फोहोर प्रशोधन केन्द्रतर्फ पुगेको तालिम प्राप्त कुकुर पछि महिलाको शव भएको स्थानतर्फ लाग्यो ।

त्यसपछि क्याम्पस बस्ती हुँदै पृथ्वीराजमार्गसम्म पुगेको कुकुर त्यही अलमलियो । राजमार्ग पुगेपछि कुकुर अलमलिएपछि प्रहरीले अपराधी गाडी चढेर गएको प्रारम्भिक अनुमान लगायो ।

दुइ दिनसम्मको अनुसन्धानमा समेत प्रहरीले घटनाबारेमा कुनै ‘क्लु’ फेला पार्न सकेको छैन । घटनाबारे बुझ्न आइतबार गण्डकी प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक दिनेश कुमार आचार्य नै घटनास्थल पुगे । तीन जनाको एक रातमै विभत्स हत्याले तनहुँमा हल्ला खल्ला मच्याएको छ ।