#दुर्घटना

लेखनाथमा जीप दुर्घटना

लेखनाथमा जीप दुर्घटना
पोखरा, २ जेठ/ पोखरा महानगरपालिका ३१ पचभैयामा जीप दुर्घटना भएको छ । सेभेन लेकको पानी बोकेको जिप घुम्तीबाट ५० मिटर तल खसेको हो । दुर्घटनामा चालक घाइते भएका छन् । उनको लेखनाथको सामुदायिक अस्पताल उपचार भएको छ । पुरा पढौ

पोखराको र्फिके पुलमा दुर्घटना

पोखराको र्फिके पुलमा दुर्घटना
पोखरा, ३० बैशाख/ गएराति पोखरा ५ र्फिकेमा पुलमा दुर्घटना भएको छ । जिरोकिलोमिटरबाट विध्यवासीनि तर्फ जादै गरेको ग११प ३९८६ स्कुट दुर्घटना भएको हो । राति एक बजे फिर्के पुलमा भएको दुर्घटनामा दुई जना घाइते भएका छन् । एक जनाको अवस्था गम्भिर छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ । सो क्षेत्रमा बेला बेलामा दुर्घटना हुने गरेका छन् । सडक फराकीलो र पुल सागुरो हुदाँ दुर्घटनाहरु हुने गरेका छन् । पुल निमार्णको काम दश वर्ष हुदाँ पनि निमार्ण हुन सकेको… पुरा पढौ

मादीबाट पोखरातर्फ आउँदै गरेको टिप्पर दुर्घटना, चालक फरार, दुई जना घाइते

दुर्घटना
पोखरा, २७ वैशाख/ कास्कीका मादी गाउँपालिका–५ स्यालटुडा छाचोकबाट पोखरा महानगरापकिाल तर्फ आउँदै गरेको टिप्पर दुर्घटना हुँदा २ जना घाइते भएका छन् । बिहान १०ः४५ बजेको समयमा छाचोकबाट पोखरातर्फ आउँदै गरेको ग १ ख ४२९८ नम्बरको टिप्पर दुर्घटना हुँदा दुईजना घाइते भएका हुन् । टिप्पर दुर्घटना हुँदा नुवाकोट ककनी गाउँपालिका–३ घर भई पोखरा महानगर–२६ बस्ने ३५ वर्षीय धनबहादुर तामाङ र ५२ वर्षीय कृष्णबहादुर लामा घाइते भएको प्रहरीले जानकारी दिएको छ । घाइते दुवै जनालाई उद्धार गरी उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान… पुरा पढौ

बागलुङबाट पोखरा आउदै गरेको बस हेमजामा दुर्घटना (घाइतेको विवरण सहित)

बागलुङबाट पोखरा आउदै गरेको बस हेमजामा दुर्घटना
पोखरा, १५ बैशाख/ पोखरामा शनिबार साँझ ७ः३० बजे बस दुर्घटना हुँदा चालकसहित १९ जना घाइते भएका छन् । बागलुङबाट पोखरा आउँदै गरेको ग१ख ९२९७ नम्बरको बस पोखरा महानगरपालिका वडा नं. २५ हेमजास्थित गुम्वाको ठीक तल सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएकाहरुको पोखराको विभिन्न अस्पतालमा उपचार भईरहेको छ ।घाईते घाईते :- १.जिल्ला तनहुँ शुक्लागण्डकी न.पा. वडा नं. ११ अलैची बस्ने बर्ष ३९ की कमला सिग्देल दायाँ हातमा चोट रहेको उपचार भई रहेको । २.ऐ.ऐ.बस्ने बर्ष ५०… पुरा पढौ

पोखराको चाउथेमा स्कुटर दुर्घटना हुदाँ एक जनाको मृत्यु

दुर्घटना
पोखरा, १२ बैशाख/ पोखराको चाउथेमा मंगलबार राति स्कुटर दुर्घटनामा एक किशोरीको मृत्यु भएको छ । अर्की घाइते छिन् । राति करिब ८ बजे पोखरा १४, चाउथेस्थित नयाँ विमानस्थल अगाडि पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको बा १ प १३३८ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको ग २४ प ३२९५ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो । ठक्करबाट स्कुटरमा सवारी दुवै जना घाइते भएकोमा उपचारका क्रममा पोखरा १४, खसीबजार बस्ने १९ वर्षीया खुसी प्रधानको मृत्यु भएको हो । स्कुटर चालक पोखरा ८, सिमलचौर बस्ने… पुरा पढौ

पोखराको राष्ट्रबैंक चोकमा हाइस र स्कार्पियो ठोकिए

पोखरा, ६ बैशाख/ पोखरा ७ राष्ट्रबैंक चोकमा हाइस र स्कार्पियो ठोक्किँदा ८ जना घाइते भएका छन् । बिहीबार विहान करिब साढे ४ बजेको समयमा भएको दुर्घटनामा परि घाइते भएका चिनियाँ नागरिक रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले दिएको छ । घाइतेको गण्डकी शिक्षण अस्पतालमा उपचार भइरहेको कास्की प्रहरी प्रमुख, प्रहरी उपरीक्षक मोहन कुमार थापाले जानकारी दिए । घाइते सबैजना खतरामुक्त रहेको अस्पतालले जानएको छ । ड्यासाइडबाट रत्नचोक तर्फ आउदै गरेको बा १३ च ५१३ नम्बरको स्कार्पियो र लेकसाइडबाट मुस्ताङचोक तर्फ आइरहेको… पुरा पढौ

हेम्जा बस दुर्घटनाका घाइते एक जनाको मृत्यु

हेम्जा बस दुर्घटनाका घाइते एक जनाको मृत्यु
पोखरा, २ बैशाख/ चैत २९ गते पोखरा महानगरपालिका २५ हेम्जा सुईखेतमा भएको बस दुर्घटनाका घाइतेका एक जनाको मृत्यु भएको छ । काठमाण्डौबाट बेनी तर्फ जाँदै गरेको ग २ ख १६३० नम्बरको बस दुर्घटना भएको थियो । म्याग्दी मालिका गाउँपालिका १ दरवाङ् बस्ने ७२ बर्षीय नर बहादुर पुनको उपचारका क्रममा शनिबार मृत्यु भएको हो । बस नियन्त्रण गुमाई सडकको बाँया साईडमा पल्टिन जाँदा ८ जना घाईते भएका थिए । घाइते ७ जनाको सामान्य उपचार पश्चात सोही दिन डिस्चार्ज भएको थियो ।… पुरा पढौ

तनहुँमा मिनी ट्रकसँग जुध्दा मोटरसाइकल चालकको मृत्यु

दुर्घटना
तनहुँ, १५ माघ/ तनहुँमा मिनी ट्रकसँग ठक्कर खाँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा आबुखैरेनी गाउँपालिका वडा नम्बर ३ बस्ने २६ वर्षीय सफल राना मगर रहेका छन् । आइतबार राति पृथ्वीराजमार्ग सडक खण्डमा आँबुखैरेनीबाट डुम्रे तर्फ जादै गरेको गरेको ग १ क ५०१२ नम्बरको मिनी ट्रक र सोही दिशा तर्फ जादै गरेको प्र.३–०२–००९ प ८५३० नम्बरको मोटरसाइकल ठक्कर खाई दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका मगरलाई उपचारको लागि आबुखैरेनी अस्पताल आँबुखैरेनी तनहुँ पठाएकोमा थप उपचारको लागि पुरानो… पुरा पढौ

पोखरा जिप दुर्घटनामा परि चालकको मृत्यु

सराङकोटबाट पोखरा आउदै गरेको जिप दुर्घटना, एकको अवस्था गम्भिर
पोखरा, १० माघ/ पोखरामा जिप दुर्घटना हुदाँ घाइते भएका जिप चालकको मृत्यु भएको छ । सराङकोटबाट पोखरा आउँदै गरेको ग ३ च २६०३ नम्बरको जिप पोखरा १८ चिसाखोलामा दुर्घटना हुँदा घाइते भएका जिप चालक ४९ बर्षिय कृष्णबहादुर थापाको मृत्यु भएको हो । उनको उपचारको क्रममा मणिपाल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते २ जनाको मणिपाल अस्पतालमा उपचार भैरहेको छ । जिपमा सवार ७० वर्षकी चन्द्रकला थापा, र ६९ वर्षकी हिमकला थापा उपचाररत छन् । सराङकोटबाट दुध लिएर पोखरा… पुरा पढौ

सराङकोटबाट पोखरा आउदै गरेको जिप दुर्घटना, एकको अवस्था गम्भिर

सराङकोटबाट पोखरा आउदै गरेको जिप दुर्घटना, एकको अवस्था गम्भिर
पोखरा, १० माघ/ सराङकोटबाट पोखरा आउदै गरेको जिप दुर्घटना हुदाँ तीन जना घाइते भएका छन् । घाइते मध्ये जिप चालक कृष्ण बहादु थापाको अवस्था गम्भिर रहेको छ । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको गण्डकी अस्पताल पोखरामा उपचार भईरहेको छ । सराङकोट पोखरा आउदै गरेको ग३च २६०३ नम्बरको जिप पोखरा १८ ग्यारजातीमा दुर्घटनामा परेको हो । जिपमा सवार चन्द्राकला थापा, हिमकला थापा सामान्य घाइते भएका छन् । जिप दुर्घटना भएका आधा घण्टापछि जिपले च्यापिएको अवस्थामा चालक कृष्ण बहादुर थापाको उद्धार गरी… पुरा पढौ