#दुर्घटना

पोखरामा भएको स्कुल बस दुर्घटनाको प्रतिवेदन समितिले बुझायो

पोखरा स्कुल बस दुर्घटना, २२ विद्यार्थी घाइते
पोखरा, २९ साउन/ पोखरामा केहि दिन अघि भएको स्कुल बस दुर्घटना ब्रेक फेल भएका कारण भएको निश्कर्ष छानविन समितिले निकालिएको छ । पोखरा महानगरपालिकाले गठन गरेको स्कुल बस दुर्घटना अध्ययन समितिले पोखरा–१७ विरौटास्थित एलपी देवकोटा मेमोरियल स्कुलको ग१क ६२१९ नम्बरको बस ब्रेक फेल भएका कारण दुर्घटना भएको प्रतिवेदन बुझाएको छ । साउन १४ गते पोखरा–२१ रामदीबाट विरौटातर्फ आउने क्रममा विहान ८ः५० बजे डुङ्खु मोडमा बस दुर्घटनामा परेको थियो । दुर्घटनामा एकै परिवारका आमा छोरासहित दुई जनाको मृत्यू भएको थियो भने… पुरा पढौ

तनहुँमा बस दुर्घटना

दुर्घटना
तनहुँ, २६ साउन/ पृथ्वीराज मार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–३ मिलनचोकमा बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । राजमार्गमा गुडिरहेका मिनीबस र माइक्रोबस अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको हो । सवारी दुर्घटनामा परी घाइते भएकाहरूको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए । उनका अनुसार करिब एक सय मिटरको दूरीमा दुईवटा बस दुर्घटनामा परेको हुन् । बिहान देखि सिमसिमे पानी परिरहेकाले बस चिप्लिएर दुर्घटना भएका थिए । लमजुङबाट नारायणगढतर्फ जाँदै गरेको ग१ज ८२९४… पुरा पढौ

पोखराको एलपी देवकोटास्कुल बस दुर्घटना छानविन गर्न समिति गठन

पोखराको एलपी देवकोटास्कुल बस दुर्घटना छानविन गर्न समिति गठन
पोखरा, १४ साउन/ पोखरा महानगरपालिका वडा नम्बर २१ छरछरेमा सोमबार भएको एलपी देवकोटा मेमोरियल स्कुलको बस दुर्घटना सम्बन्धमा छानबिन गर्न पोखरा महानगरपालिकाले छानबिन समिति गठन गरेको छ । नगर प्रमुख धनराज आचार्यको निर्देशनमा शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यको संयोजकत्वमा ७ दिन भित्र प्रतिवेदन पेस गर्ने गरी छानबिन समिति गठन गरिएको हो । समितिमा उपसचिव कृष्णप्रसाद तिवारी, महानगरिय प्रहरी बलका प्रमुख पुरुषोत्तम थापा र मेकानिकल इन्जिनियर सरोज चालिसे सदस्य रहेका छन् भने, समितिको सदस्य सचिवमा शिक्षा अधिकृत राम प्रसाद तिवारीलाई तोकिएको… पुरा पढौ

पोखरामा स्कुल बस दुर्घटना, आमा छारोको मृत्यु, २८ जना घाइते (अरुको अवस्था कस्तो)

पोखरामा स्कुल बस दुर्घटना, आमा छारोको मृत्यु, २८ जना घाइते
पोखरा, १४ साउन/ पोखरा २१ कृस्तीमा भएको स्कुल बस दुर्घटनामा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी आरती विक रहेको प्रहरी कास्की प्रहरीले जानकारी दिएको छ । त्यसै गरी उनका ५ बर्षीय छोरा प्रिन्स विकको पनि मृत्यु भएको कास्की प्रहरी प्रवक्ता डिएसपी बसन्त शर्माले जानकारी दिए । दुर्घटनामा परेर २८ जना घाइते भएका छन् । घाइते मध्ये तीन जनाको अवस्था गम्भिर रहको छ । सोमबार बिहान पोखरा–२१ कृस्तीमा एलपी देवकोटा मेमोरियल बोडिङ स्कुलको… पुरा पढौ

पोखरामा स्कुल बस दुर्घटना, १ जनाको मृत्यु, २९ जना घाइते (नामावली सहित)

पोखरामा स्कुल बस दुर्घटना
पोखरा, १४ साउन/ पोखरा २१ कृस्तीमा भएको स्कुल बस दुर्घटनामा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी आरती विक रहेको प्रहरी कास्की प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परेर २९ जना घाइते भएका छन् । सोमबार बिहान पोखरा–२१ कृस्तीमा एलपी देवकोटा मेमोरियल बोडिङ स्कुलको बस दुर्घटनामा परेको थियो । घाइते विद्यार्थीको गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।बस ओराले तर्फ आउदा सडकबाट पहिले विजुलीको पोलमा ठोकिएर… पुरा पढौ

पोखरामा स्कुल बस दुर्घटना, १ जनाको मृत्यु, २५ जना घाइते

पोखरा स्कुल बस दुर्घटना, २२ विद्यार्थी घाइते
पोखरा, १४ साउन/ पोखरा २१ कृस्तीमा भएको स्कुल बस दुर्घटनामा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी आरती विक रहेको प्रहरी कास्की प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परेर २६ जना घाइते भएका छन् । सोमबार बिहान पोखरा–२१ कृस्तीमा एलपी देवकोटा मेमोरियल बोडिङ स्कुलको बस दुर्घटनामा परेको थियो । घाइते विद्यार्थीको गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । बस ओराले तर्फ आउदा सडकबाट पहिले विजुलीको पोलमा… पुरा पढौ

पोखरा स्कुल बस दुर्घटना, २२ विद्यार्थी घाइते

पोखरा स्कुल बस दुर्घटना, २२ विद्यार्थी घाइते
पोखरा, १४ साउन/ पोखरा २१ फुसेखोलामा सोमबार बिहान स्कुल बस दुर्घटना भएको छ । पोखरा १७ बिरौटाको एलपी देवकोटा स्कुलको बस सडकबाट करिब ४० मिटर तल खसेको हो । बसमा २४ जना विद्यार्थी र चालक र सहचालक थिए । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको र बाँकीको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ । सबैलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको छ । https://www.youtube.com/watch?v=PSJ_woZpwek&ab_channel=GandakiNews पुरा पढौ

पोखरामा स्कुल बस दुर्घटना

पोखरामा स्कुल बस दुर्घटना
पोखरा, १४ साउन/ पोखारमा स्कुल बस दुर्घटनामा परेको छ । पोखरा २१ फुसेखोलामा विद्यार्थी लिएर फर्किदै गरको बस दुर्घटनामा परेको हो । एलपि देवकोटा स्कुलको बस दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ । पुरा पढौ

पोखरामा बसको ठक्करले महिलाको मृत्यु

दुर्घटना
पोखरा, २२ असार/ पोखरा महानगरपालिका वडा नम्बर १८ ग्यारजाती स्थित विन्ध्यवासिनी चोकबाट सराङकोट जादै गरेको बसको ठक्करले महिलाको मृत्यु भएको छ । ग १ ख ४१५६ नम्बरको बसमा सवार पोखरा १८ ग्यारजातीकी ७२ वर्षीय ललिता थापा सोही बसले ठक्कर दिदा मृत्यु भएको हो । बसबाट ओर्लिइ हिडने क्रममा सोही बसको पछाडिको पाङग्राले च्यापी घाईते भई उपचारको लागि मणिपाल शिक्षण अस्पताल लगेकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । पुरा पढौ

पोखराको अर्चलबोट नजिकै सवारी दुर्घटना

दुर्घटना
पोखरा, २१ असार/ पोखरा महानगरपालिका वडा नम्बर २ अर्चलबोट नजिकै सवारी दुर्घटना भएको छ । दुर्घटनामा परि दुई जना घाइते भएका छन् । घाइते हुनेमा पोखरा १ बगरका अंकिललाल श्रेष्ठ र उनकी श्रीमती समृद्धी श्रेष्ठ छन् । उनीहरुको न्यूरोडमा रहेको पद्यश्री एलाइन्स अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ । हरिचोकबाट जिरो किमीतर्फ आउँदै गरेको बा२१च ५१६२ नम्बरको स्कारपियो र विन्ध्यवासिनीतर्फ जाँदै गरेको ग२च ८२८८ नम्बरको कार ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।… पुरा पढौ