तनहुँमा बस दुर्घटना

-


     क्लिक गण्डकी     
     श्रावण २६ गते २०८१ मा प्रकाशित


दुर्घटना

दुर्घटना

तनहुँ, २६ साउन/ पृथ्वीराज मार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–३ मिलनचोकमा बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।

राजमार्गमा गुडिरहेका मिनीबस र माइक्रोबस अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको हो ।

सवारी दुर्घटनामा परी घाइते भएकाहरूको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए ।

उनका अनुसार करिब एक सय मिटरको दूरीमा दुईवटा बस दुर्घटनामा परेको हुन् । बिहान देखि सिमसिमे पानी परिरहेकाले बस चिप्लिएर दुर्घटना भएका थिए ।

लमजुङबाट नारायणगढतर्फ जाँदै गरेको ग१ज ८२९४ नम्बरको विद्युतीय माइक्रोबस र दमौलीबाट मुग्लिङतर्फ जाँदै गरेको बा४ख ४४७० नम्बरको मिनीबस अनियन्त्रित भई सडकमा पल्टिएका थिए ।



Tags: