तनहुँमा मिनी ट्रकसँग जुध्दा मोटरसाइकल चालकको मृत्यु

-


     क्लिक गण्डकी     
     माघ १५ गते २०८० मा प्रकाशित


दुर्घटना

दुर्घटना

तनहुँ, १५ माघ/ तनहुँमा मिनी ट्रकसँग ठक्कर खाँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा आबुखैरेनी गाउँपालिका वडा नम्बर ३ बस्ने २६ वर्षीय सफल राना मगर रहेका छन् ।

आइतबार राति पृथ्वीराजमार्ग सडक खण्डमा आँबुखैरेनीबाट डुम्रे तर्फ जादै गरेको गरेको ग १ क ५०१२ नम्बरको मिनी ट्रक र सोही दिशा तर्फ जादै गरेको प्र.३–०२–००९ प ८५३० नम्बरको मोटरसाइकल ठक्कर खाई दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते भएका मगरलाई उपचारको लागि आबुखैरेनी अस्पताल आँबुखैरेनी तनहुँ पठाएकोमा थप उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर चितवन लगेकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

मिनी ट्रक र त्यसका चालक ईलाका प्रहरी कार्यालय आबुखैरेनी तनहुँको नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ ।



Tags: