
पोखरा, ६ बैशाख/ पोखरा ७ राष्ट्रबैंक चोकमा हाइस र स्कार्पियो ठोक्किँदा ८ जना घाइते भएका छन् ।
बिहीबार विहान करिब साढे ४ बजेको समयमा भएको दुर्घटनामा परि घाइते भएका चिनियाँ नागरिक रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले दिएको छ ।
घाइतेको गण्डकी शिक्षण अस्पतालमा उपचार भइरहेको कास्की प्रहरी प्रमुख, प्रहरी उपरीक्षक मोहन कुमार थापाले जानकारी दिए । घाइते सबैजना खतरामुक्त रहेको अस्पतालले जानएको छ ।
ड्यासाइडबाट रत्नचोक तर्फ आउदै गरेको बा १३ च ५१३ नम्बरको स्कार्पियो र लेकसाइडबाट मुस्ताङचोक तर्फ आइरहेको बा १ प ८५१ नम्बरको हाइस एक आपसमा ठोकिएका हुन् । हाइसमा १३ जना चिनियाँ नागरिक सवार थिए ।
दुर्घटनामा परेको स्कार्पियो चोकको एक घरमा ठोक्किँदा एक्सप्रेस मनिचेन्जरमा क्षति पुगेको छ । स्कार्पियोमा भने चालक मात्र रहेको प्रहरीले जानकारी दिएको छ ।
दुबै सवारीका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
१) बर्ष ४० को wang xi cocen – अबस्था मध्यम – चोट दाहिने हात,घाटि र ढाडमा
२) बर्ष ६४ को wang yo uhou – मध्यम –चोट ढाड र मुखमा
३) बर्ष ६१ को xu xi aoping – मध्यम – कम्मर र दाहिने हातमा
४) बर्ष ४० कि hong gu mei – मध्यम – निधार र ढाडमाम
५) बर्ष ६० को chev xian ping – मध्यम – चोट दुबै खुट्टामा
६) बर्ष ५१ कि yan yu nai – मध्यम – कम्मरमा चोट
७) बर्ष ६३ को zhang chi ming- मध्यम – दुबै खुट्टा चोट
८) बर्ष ६० को chen jian ping – मध्यम –चोट दुबै खुट्टामा





