हेम्जा बस दुर्घटनाका घाइते एक जनाको मृत्यु

-


     क्लिक गण्डकी     
     वैशाख २ गते २०८१ मा प्रकाशित


हेम्जा बस दुर्घटनाका घाइते एक जनाको मृत्यु

हेम्जा बस दुर्घटनाका घाइते एक जनाको मृत्यु

पोखरा, २ बैशाख/ चैत २९ गते पोखरा महानगरपालिका २५ हेम्जा सुईखेतमा भएको बस दुर्घटनाका घाइतेका एक जनाको मृत्यु भएको छ । काठमाण्डौबाट बेनी तर्फ जाँदै गरेको ग २ ख १६३० नम्बरको बस दुर्घटना भएको थियो ।

म्याग्दी मालिका गाउँपालिका १ दरवाङ् बस्ने ७२ बर्षीय नर बहादुर पुनको उपचारका क्रममा शनिबार मृत्यु भएको हो ।

बस नियन्त्रण गुमाई सडकको बाँया साईडमा पल्टिन जाँदा ८ जना घाईते भएका थिए । घाइते ७ जनाको सामान्य उपचार पश्चात सोही दिन डिस्चार्ज भएको थियो ।

उक्त बस चालक जिल्ला म्याग्दी बेनी नगरपािलका वडा नम्बर ६ का ३२ बर्षीय राजकुमार गैरेलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा बस सहचालक म्याग्दी बेनी नगरपालिका ४ तातोपानी बस्ने २५ बर्षीय बिनोद दर्जीले चलाएको फेला परेको छ ।

उनलाई वडा प्रहरी कार्यालय बगरको नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ।



Tags:

This will close in 10 seconds