#दुर्घटना

पोखरामा स्कुल बसले ठक्कर दिदा ३ वर्षे बालकको निधन

दुर्घटना
पोखरा, ५ माघ/ पोखरा २४ को कास्कीकोटमा स्कुल बसले ठक्कर ३ वर्षे बालकको निधन भएको छ । बाल प्रतिभा बोर्डिङ स्कुलमा नर्सरी कक्षामा पढ्ने ३ वर्षे समीर कार्कीको निधन भएको हो । शुक्रबार दिउँसो पौने ३ बजेतिर कास्कीकोटको काउलेस्थित ग १ क ४०८२ नम्बरको बाल प्रतिभा बोर्डिङ स्कुलको बसले किचेर सोही विद्यालयमा अध्ययनरत थिए । बसबाट झरेर घरतिर जाँदै गरेका समीरलाई सोही बसले ठक्कर दिएको हो । समीरलाई घाइते अवस्थामा मेट्रोसिटी अस्पताल ल्याइएकामा दिऊसो ४ बजेतिर डाक्टरले मृत घोषणा गरे… पुरा पढौ

त्रिशुली नदी जिप दुर्घटना, खोजी कार्य हुदै

दुर्घटना
चितवन, २ माघ/ नारायणघाट– मुग्लिन सडकखण्डको तीन नम्बर पुलबाट त्रिशुली नदीमा गाडी खसेको छ । इच्छाकामना गाउँपालिका– ५ स्थित राजमार्गबाट करिब ९० मिटर तल नदी भित्रबाट गाडीको बत्ति बलेको देखेपछि खोज्न थालिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी श्रीराम भण्डारीले जानकारी दिए । भारतीय नम्बर प्लेटको बोलेरो जिप भएको उनले जानकारी दिए । बिहान पौने पाँच बजे सर्वसाधारणले देखेर प्रहरीलाई खबर गरेका थिए । वडा प्रहरी कार्यालय नारायणगढमा रहेको विपद् व्यवस्थापनको डुङगासहितको टोली र विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारबाट सशस्त्र… पुरा पढौ

नेपालमा ठाउँ ठाउँ दुर्घटना, १८ जनाको निधन

नेपालमा ठाउँ ठाउँ दुर्घटना, १८ जना जनाको निधन
पोखरा, २८ पुस/ दाङ, काठमाडौ र बाग्लुङमा भएको छुट्टाछुटै दुर्घटनामा परि १८ जनाको मृत्यु भएको छ । दाङ बस दुर्घटनामा परी मृत्यु भएका १२ जनाको मृत्यु भएको छ । बाँकेको नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति सवा १० बजेतिर राप्ती गाउँपालिकास्थित राप्ती नदी पुलबाट खसेको थियो । दुर्घटनामा एक महिला र ११ पुरूष गरी १२ जनाको मृत्यु भएको छ । मृतकमध्ये चितवन भरतपुर उपमहानगरपालिका २५ का ३५ वर्षीय अनिल खड्का, बाँकेको खजुरा गाउँपालिका– ३… पुरा पढौ

बागलुङमा जीप दुर्घटना दुईको मृत्यु, तीन घाइतेलाई हेलिकप्टरबाट पोखरा ल्याउदै

दुर्घटना
पोखरा, २८ पुस/ बागलुङ ढोरपाटनमा शनिबार बिहान भएको जीप दुर्घटनामा गम्भीर घाइते भएका तीन जनालाई थप उपचारका लागिहेलिकप्टर मार्फत पोखरा ल्याउदै छ । बुर्तिबाङ बजारबाट ढोरपाटन उपत्यकातर्फ जाँदै गरेको जीप ढोरपाटन नगरपालिका–५ अस्तुमा दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको थियो भने ९ जना घाइते भएका थिए । घाइते लक्ष्मी गैरै, जोगनारायण गैरे र निरुता गैरेलाई थप उपचारका लागि पोखरा स्थित मणिपाल शिक्षण अस्पताल ल्याउन लागेको हो । ६ जना घाइतेको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । दुर्घटनामा जीप… पुरा पढौ

वीरगञ्जबाट पोखरा आउदै गरेको बस तनहुँमा दुर्घटना

दुर्घटना
पोखरा, १९ पुस/ वीरगञ्जबाट पोखरा आउदै गरेको यात्रु बस बिहीबार बिहान तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबजारमा दुर्घटना भएको छ । दुर्घटनामापरि ३२ जना यात्रु घाइते भएका छन् । घाइतेहरुमध्ये २९ जनाको तनहुँको बेलचौतारामा उपचार भइरहेको छ भने ३ जनालाई उपचारका लागि पोखरा ल्याएको प्रहरीले जानकारी दिएको छ । बिहान करिब पौने ५ बजे बाग्मती प्रदेश ०३–००१ ख १२०६ नम्बरको बस पहिरो झरेको स्थानको नजिकैको सडकबाट खोलामा खसेको हो । पुरा पढौ

लेखनाथमा बसले ठक्कर दिँदा एक जनाको मृत्यु, दुई जना घाइते

लेखनाथ महोत्सव प्रवेश गेटमा बस दुर्घटना, १ जनाको मृत्यु
पोखरा, १४ पुस/ पोखरा २७ लेखनाथ महोत्सव स्थलको गेट नजिकै बसले ठक्कर दिदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । विहान करिब ९ बजे बागलुङबाट पोखरा हुँदै भैरहवा तर्फ जाँदै गरेको लु १ ख ८३५६ नम्बरको बस ब्रेक फेल भएर माटोको ढिस्कोमा ठोकिँएको थियो । सोही ठाउँको फुटपाथमा व्यवापार गर्ने भारतकी इसरावती कुमारीको मृत्यु भएको हो । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) उपचारका क्रममा मृत्यु भएको कास्की प्रहरी प्रवक्ता डिएसपी श्रवणकुमार विकले… पुरा पढौ

लेखनाथ महोत्सव प्रवेश गेटमा बस दुर्घटना, १ जनाको मृत्यु

लेखनाथ महोत्सव प्रवेश गेटमा बस दुर्घटना, १ जनाको मृत्यु
पोखरा, १४ पुस/ पोखरा महानगरपालिका २६ लेखनाथनमा बस दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । लेखनाथ महोत्सव प्रवेश गेटमा बस दुर्घटना हुदाँ १ जना फुटपाथ व्यापारीको मृत्यु भएको लेखनाथका पत्रकार सन्दीप पौडेलले जानकारी दिए । घटनाको विस्तृत विवरण आउन बाँकी छ । पुरा पढौ

पोखरा प्रस्याङ कार दुर्घटनाका फरार चालक प्रहरी सम्पर्कमा

पोखरामा मध्येरातमा कारको ठक्करले २ जनाको मृत्यु
पोखरा, १० पुस/ पोखरा ५ प्रस्याङमा सवारी दुर्घटनापछि फरार भएका कार चालक प्रहरीको सम्पर्कमा आएका छन् । मंगलबार साझँ कार चालक आफै वडा प्रहरी कार्यालय बैदामको सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर २ खादरजुङ्गका ३२ बर्षिय भक्तराम गुरुङ प्रहरी सम्पर्कमा आएका हुन् ।बा१३च ३७२१ नम्वरको कारले ठक्कर दिँदा दुई पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा परि मृत्यु हुनेमा बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर ६ का अन्दाजी २० वर्षका ढालेन्द्र छन्त्याल रहेका… पुरा पढौ

पोखरामा मध्येरातमा कारको ठक्करले २ जनाको मृत्यु

पोखरामा मध्येरातमा कारको ठक्करले २ जनाको मृत्यु
पोखरा, १० पुस/ पोखरामा कारको ठक्करबाट २ जना पैदलयात्रीको मृत्यु भएको छ । पोखरा ५ पस्र्याङमा गएराति बा १३ च ३७२१ नम्बरको कारको ठक्करबाट २ जनालाई ठक्कर दिदा मृत्यु भएको हो । मृत्यु हुनेमा बागलुङ ढोरपाटन घर भई पोखरा ३ नदीपुर बस्ने २० वर्षका ढालेन्द्र छन्त्याल र पहिचान नखुलेका अर्का ३५ वर्षीय पुरुष छन् । दुर्घटनामा घाइते दुवैजनाको अस्पतालमा मृत्यु भएको हो । दुर्घटनापछि कार चालक फरार छन् भने कार प्रहरीको नियन्त्रणमा छ । पुरा पढौ

लेखनाथ दुर्घटना हुदाँ दुई जनाको मृत्यु

लेखनाथ दुर्घटना हुदाँ दुई जनाको मृत्यु
पोखरा, २४ मंसिर/ पोखराको लेखनाथमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नम्बर २५ हेम्जाकी २३ वर्षीया अनिशा खड्का र पोखरा महानगरपालिका वडा नम्बर ५ जिरो किमिकी २४ वर्षीया भावना बरालको मृृत्यु भएको कास्की प्रहरीले जानकारी दिएको छ । उनीहरु दुवै गण्डकी मेडिकल कलेजमा अध्ययनरत विद्यार्थी हुन् । पोखराबाट तालचोकतर्फ जाँदै गरेको बि एए ००४१ नम्बरको कारले तालचोकबाट पोखरातर्फ आउँदै गरेको ग१३प ३५७८ नम्बरको स्कुटरलाई पोखरा–२६ सुन्दरीबजारस्थित पृथ्वी राजमार्गमा ठक्कर दिँदा दुर्घटना भएको थियो… पुरा पढौ