पोखरामा स्कुल बसले ठक्कर दिदा ३ वर्षे बालकको निधन

-


     क्लिक गण्डकी     
     माघ ५ गते २०८० मा प्रकाशित


दुर्घटना

दुर्घटना

पोखरा, ५ माघ/ पोखरा २४ को कास्कीकोटमा स्कुल बसले ठक्कर ३ वर्षे बालकको निधन भएको छ । बाल प्रतिभा बोर्डिङ स्कुलमा नर्सरी कक्षामा पढ्ने ३ वर्षे समीर कार्कीको निधन भएको हो ।

शुक्रबार दिउँसो पौने ३ बजेतिर कास्कीकोटको काउलेस्थित ग १ क ४०८२ नम्बरको बाल प्रतिभा बोर्डिङ स्कुलको बसले किचेर सोही विद्यालयमा अध्ययनरत थिए ।

बसबाट झरेर घरतिर जाँदै गरेका समीरलाई सोही बसले ठक्कर दिएको हो । समीरलाई घाइते अवस्थामा मेट्रोसिटी अस्पताल ल्याइएकामा दिऊसो ४ बजेतिर डाक्टरले मृत घोषणा गरे । घटनाका बारेमा प्रहरीले अनुसन्धान थालेको छ ।



Tags: