पोखराको चाउथेमा स्कुटर दुर्घटना हुदाँ एक जनाको मृत्यु

-


     क्लिक गण्डकी     
     वैशाख १२ गते २०८१ मा प्रकाशित


दुर्घटना

दुर्घटना

पोखरा, १२ बैशाख/ पोखराको चाउथेमा मंगलबार राति स्कुटर दुर्घटनामा एक किशोरीको मृत्यु भएको छ । अर्की घाइते छिन् ।

राति करिब ८ बजे पोखरा १४, चाउथेस्थित नयाँ विमानस्थल अगाडि पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको बा १ प १३३८ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको ग २४ प ३२९५ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।

ठक्करबाट स्कुटरमा सवारी दुवै जना घाइते भएकोमा उपचारका क्रममा पोखरा १४, खसीबजार बस्ने १९ वर्षीया खुसी प्रधानको मृत्यु भएको हो ।

स्कुटर चालक पोखरा ८, सिमलचौर बस्ने २१ वर्षीया दिपीका गुरुङको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको कास्की प्रहरीले जनाएको छ ।

घाइते गुरुङको अवस्था मध्यम छ । प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिई दुर्घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।



Tags: