समाचार

कास्की सहित तीन जिल्लामा भारी बर्षा, सतर्कक रहन अनुरोध

कास्की सहित तीन जिल्लामा भारी बर्षा, सतर्कक रहन अनुरोध
पोखरा, १ असार/ जल तथा मौसम विज्ञान विभागले असार १ गते साँझ ८ बजे पछि तीन जिल्लामा भारी वर्षा भएको बताएको छ । गण्डकी प्रदेशका स्याङ्गजा, पर्वत र कास्की जिल्ला स्थित क्रमशः पन्चमुल, पन्चासे र लुम्ले लगायत आसपासका बर्षामापन केन्द्रमा मध्यम देखि भारी बर्षामापन भएको जनाएको छ । त्यस क्षेत्र भई बहने स साना खोलाहरुमा आकस्मिक बहाव बढ्न सक्ने तथा कमजोर र भिरालो जमिनमा पहिरोको जोखिम रहेकोले आवश्यक सतर्कता अपनाई विभागले अनुरोध गरेको छ । पुरा पढौ

मोटरसाइकल दुर्घटना हुदाँ सहायक प्रहरी हवल्दारको मृत्यु, जवान घाइते

दुर्घटना
मोरङ , १ असार/ मोरङको पथरी–कानेपोखरी सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक हबल्दारको मृत्यु भएको छ । दुर्घटनामा प्रहरी सहायक हवल्दार जितेन्द्र चौधरीको मृत्यु भएको हो भने श्रीमती र छोरी घाइते भएका छन् । बेलबारी नगरपालिका–४ भई प्रहरी चौकी जमुना इलाममा कार्यरत थिए । पूर्वपश्चिम राजमार्गको कानेपोखरी गाउँपालिका–७ डाँसमोरङ्गी पुल नजिकैको डाइभर्सनमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो । शनिबार बेलुका ८ बजे पथरीबाट कानेपोखरीतर्फ जाँदै गरेको प्र १–०२–०४३प २४७१ नम्बरको मोटरसाइकलमा चौधरी श्रीमती र छोरीसहित घर फर्कने क्रममा दुर्घटना… पुरा पढौ

मदरल्याण्डका विद्यार्थीलाई न्यायिक प्रशिक्षण

पोखरा , जेठ ३० / पोखरा महानगरका न्यायिक समितिले नागरिक, श्रमिक, विद्यार्थीलाई न्यायिक समितिका बारेमा जानकारी गराउने उद्देश्यले प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ । पोखरा महानगरपालिकाको न्यायिक समितिले संवैधानिक व्यवस्था, गठन प्रक्रिया र अधिकार क्षेत्रका बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको हो । महानगर न्यायिक समितिले विभिन्न संघ, संस्थासँग मिलेर विगत दुई वर्षदेखि सञ्चालन गरेकोे  कार्यक्रमलाई यस वर्षपनि निरन्तरता दिदै कार्यक्रम गरिरहेको छ ।  यसैवीच ‘न्यायिक समितिसँग विद्यार्थी’ कार्यक्रम अन्र्तगत शुक्रबार महानगर न्यायिक समितिको सहयोगमा प्रेस क्लब… पुरा पढौ

पोखराको लेकसाइडको एक होटलबाट खसेर महिलाको मृत्यु

पोखरा, ३१ जेठ/ पोखरा घुम्न आएकी एक महिलाको मध्यरातमा होटलको छतबाट खसेर ज्यान गएको छ । पोखरा ६ लेकसाइड स्थित होटल रुद्राक्षको पाँचौं तलाबाट खसेर रुपन्देही, बुटवल उपमहानगरपालिका–१०, रानीवन निवासी ३२ वर्षीया सरीता भण्डारीको मृत्यु भएको हो । गएराती अन्दाजी १२ बजे पाँचौं तलाबाट खसेकी भण्डारीलाई तत्कालै गण्डकी मेडिकल कलेज पु¥याइएको भएपनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार सरीता जेठ २९ गते श्रीमान् र दुई नाबालक छोरा सहित पोखरा घुम्न आएकी थिइन् ।… पुरा पढौ

तीनकुने घटनाः दुर्गा प्रसाईंसहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा

दुर्गा प्रसाईं
पोखरा, ३० जेठ/ अघिल्लो चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी आन्दोलनका प्रतिवादीहरूमध्ये ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश अदालतले दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले बिहीबार राति अबेर आदेश जारी गर्दै दुर्गा प्रसाईंसहित ७ जनालाई थुनामा पठाउने ओदश गरेको हो । त्यस्तै, अन्य ३२ जनालाई धरौटीमा रिहा गर्ने आदेश भएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दिपक कुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार, प्रसाईंलाई आपराधिक उपद्रवको कसुरमा थुनामा पठाउने आदेश भएको हो । काठमाडौं… पुरा पढौ

पोखरामा सुनचाँदी पसल सञ्चालकलाई कर्मचारीले पारिन् हनी ट्र्यापमा, ३ जना पक्राउ

पोखरामा सुनचाँदी पसल सञ्चालकलाई कर्मचारीले पारिन् हनी ट्र्यापमा, ३ जना पक्राउ
पोखरा, २९ जेठ/ पोखराका सुनचाँदी पसल सञ्चालक आफ्नै कर्मचारीको हनी ट्र्यापमा परेका छन् । पोखरा महानगरपालिका ४ स्थित सुनचाँदी पसलका सञ्चालकलाई उनकै पसलमा काम गर्ने महिलाले २ जना केटा साथीको सहयोगमा हनी ट्र्यापमा पारेको कास्की प्रहरीले जानकारी दिएको छ । ती महिलाले दुई जना केटासाथी सँग मिलेर आफूलाई पसलका सञ्चालकले यौन दुव्र्यवहार गरेको भन्दै ५० लाख रुपैयाँ माग्ने योजना बनाएको खुलेको छ । योजना अनुसार मोरङ र संखुवासभाका २ जना केटासाथीसँग मिलेर सुनचाँदी पसलका सञ्चालककी श्रीमतीलाई होटलमा बोलाएका थिए ।… पुरा पढौ

एयर इन्डिया विमान दुर्घटनाः पूर्वमुख्यमन्त्री सहित २०४ यात्रुको मृत्यु

एयर इन्डिया विमान दुर्घटनाः पूर्वमुख्यमन्त्री सहित २०४ यात्रुको मृत्यु
पोखरा, २९ जेठ/ भारतको अहमदाबादमा भएको एयर इन्डियाको विमान दुर्घटनामा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणीसहित २०४ जनाको मृत्यु भएको छ । बिहिबार दिउँसो अहमदाबादबाट लन्डन जान लागेको एयर इन्डियाको फ्लाइट एआइ १७१ विमानमा २३२ यात्रुसहित १० क्रू मेम्बर सवार थिए । घाइते अवस्थामा अस्पताल लगिएका यात्रुहरुको अवस्था पनि अत्यन्तै गम्भीर छ र बचाउन मुश्किल देखिएको छ ।दुर्घटनास्थलमा अहिलेसम्म १०० जनाको शव भेटिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । दुर्घटनामा परेको विमान बोइङ ७८७–८ एयरक्र्याफट हो । बिहिबार दिउँसो १ः३८ बजे (भारतीय… पुरा पढौ

प्याराग्लाइडिङ दुर्घटनामा परेका चार जनाको सकुशल उद्धार

प्याराग्लाइडिङ दुर्घटनामा परेका चार जनाको सकुशल उद्धार
पोखरा, २८ जेठ/ पोखरा महानगरपालिका–१८ खपौँदीस्थित फेवातालमा प्याराग्लाइडिङ दुर्घटनामा परेका दुई चालक सहित चार जनाको सकुशल उद्धार गरिएको छ । सशस्त्र प्रहरी बल नं २४ गणबाट फेवा उद्धार टावरमा खटिएको विपद् व्यवस्थापन टोलीले उनीहरूको उद्धार गरेको हो ।अवतरणका क्रममा अनियन्त्रित भई फेवातालका बीचमा खसेका अग्नि प्याराग्लाइडिङका पाइलट मिलन शाह र प्याराग्लाइडिङमा सवार भारतको बनारसका अकलेस यादवलाई सकुशल उद्धार गरिएको हो । यस्तै, हेप्पी फ्लाई प्याराग्लाइडिङका पाइलट २८ वर्षीय विश्वास अधिकारी र भारतको बनारसका चन्दनकुमार पटेललाई उद्धार गरिएको सशस्त्र प्रहरी बल… पुरा पढौ

पोखरामा ट्रेकिङ गाइड र ट्रेकिङ पोटर गाइड तालिम सुरु

पोखरामा ट्रेकिङ गाइड र ट्रेकिङ पोटर गाइड तालिम सुरु
पोखरा, २७ जेठ/ ट्रेकिङ एजेन्सीज् एशोसिएसन आफ नेपाल (टान) गण्डकीको आयोजनामा पोखरामा ट्रेकिङ गाइड र ट्रेकिङ पोटर गाइड तालिम सुरु भएको छ । पोखरा–६ बैदाममा रहेको ताल बराही माध्यामिक विद्यालयमा संचालन हुने तालिमको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणि राज लामिछानेले उद्याटन गरे । कार्यक्रममा बोल्दै लामिछानेले पोखरा आउने पर्यटकको चाप बढ्ने बताए । पर्यटकको संख्या बृद्धि भएसगै पदयात्राका लागि दक्ष जनशक्ती पनि आवश्यक हुने उनको भनाई थियो । पोखरा विमानस्थलबाट अन्तराष्ट्रिय उडानको पहल भइरहेको र भविष्यमा विदेशबाट सिधै… पुरा पढौ

पोखराको सृजनाचोक नजिकै दुर्घटना

पोखराको सृजनाचोक नजिकै दुर्घटना
पोखरा, २६ जेठ/ पोखराको सृजनाचोक नजिकै दुर्घटना भएको छ । सृजनाचोकबाट जिरोकिलोमिटर तर्फ आउदै गरेको ग१ख ३६८९ नम्बरको नगर बसमा कार ठोकिएको हो । ग४च ६०८ नम्बरको इभि कार हेन्डिल लक्क भएपछि घुमेर बसमा ठोकिएको हो । दुर्घटनाबाट कार र बस दुबै क्षति भएको छ । कार चालक सामान्य घाइते भएका छन् । पुरा पढौ