समाचार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा मंसिर १४ बाट परीक्षण उडान

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल
पोखरा, २१ कार्तिक/ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी नोभेम्बर ३० अर्थात मंसिर १४ गते यान्त्रिक परीक्षण उडान ‘क्यालिब्रेसन फ्लाइट’ सञ्चालन गरिने भएको छ । जनवरी १ (पुस १७ गते) देखि व्यावसायिक सञ्चालनको घोषणा गरिएको पोखरा विमानस्थलमा क्यालिब्रेसन उडानको तयारी भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नोभेम्बर ३० मा यान्त्रिक परीक्षण उडान गरी जनवरी १ देखि व्यावसायिक उडान सञ्चालन गर्ने प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पोखरा विमानस्थलको भौतिक पूर्वाधार तथा… पुरा पढौ

पोखरामा फलामको पोलले लागेर विद्यार्थीको मृत्यु

पोखरा, २१ कार्तिक/ पोखराको एक विद्यालयमा फलामको पोलले लागेर एक विद्यार्थीको मृत्यु भएको छ । पोखरा १० उत्तमचोकमा रहेको ज्योतिकुञ्ज विद्यालयमा कक्षा ८ मा अध्ययनरत रोहित थापाको फुटबल पोस्टको बारले लाग्दा मृत्यु भएको हो । बारमा झुन्डिएका बालक सोही बार खसेर लागेपछि घाइते भएका थिए । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले थप अनुसन्धानका लागि स्कुलका प्रधानाध्यापकलाई नियन्त्रणमा लिएको छ । पुरा पढौ

एमाले कास्की २ को प्रतिबद्धता कृष्ती, निर्मलपोखरी, मट्टिखान, हुँडिकोट डाँडामा रेल

पोखरा, २० कार्तिक/ नेकपा एमाले कास्की क्षेत्र नम्बर २ का उम्मेदवार विद्या भट्टराइले शनिबार चुनावी प्रतिद्धता सार्वजनीक गरेकी छन् । उनले चुनावी प्रतिद्धतामा रेल सेवादेखी सुरुमार्ग समेटिएको छ । प्रतिबद्धतापत्रमा पोखरा महानगरपालिका २१ कृष्ती, निर्मलपोखरी, मट्टिखान, हुँडिकोटमा पर्यटकीय आकर्षण गर्न रिजलाइन (डाँडा रेल सेवा) सञ्चालन गर्न सम्भाव्यता अध्ययन प्रक्रिया अघि बढाइने रहेको छ । यस्तै पोखरा महानगरपालिकालाई बाह्य सडक सञ्जालसँग जोड्न आवश्यक स्थानमा सुरुमार्ग सम्भाव्यता अध्ययन गर्ने । त्यसै गरी शिक्षा र प्रविधि क्षेत्रमा प्रविधिक तथा व्यवसायिक कार्यक्रम सञ्चालन गर्ने,… पुरा पढौ

पोखराको दिगो विकासमा कोरियाको चासो

पोखराको दिगो विकासमा कोरियाको चासो
पोखरा, १८ कार्तिक/ दक्षिण कोरियाका राष्ट्रियसभा सदस्य तथा दक्षिण एसिया क्षेत्रका कोरियन प्रतिनिधि साङ्ग हेन ली सहितको टोलीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग शिष्टाचार भेटवार्ता गरेको छ । भेटवार्ताका क्रममा पोखराको दिगो विकास, फोहोर मैला व्यवस्थापन, ट्राफिक व्यवस्थापन तथा हरित सहरी यातायात लगायतका विषयमा छलफल भएको प्रमुख आचार्यले बताउनुभयो । टोलीले पोखराको दिगो विकास, यहाँको फोहोर व्यवस्थापन तथा ट्राफिक व्यवस्थापन र हरियाली प्रवर्द्धन सहित हरित सहरी यातायात विकासका लागि कोरियन सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने पूर्व प्रतिबद्धता कार्यान्वयनको चरणमा रहेको… पुरा पढौ

ऋक्रियसनको बार्षिक उत्सवमा दुई विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री

ऋक्रियसनको बार्षिक उत्सवमा दुई विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री
पोखरा, १७ कार्तिक/ पोखरामा संचालनमा रहेको ऋक्रियसनको पहिलो बार्षिक उत्सवको अवसरमा पोखरा महानगरपालिका वडा नम्बर १३ का दुई विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । पोखरा १३ आर्वामा रहेका अमरज्योति आधारभूत विद्यालय र सिमला आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो । सिमला आधारभूत विद्यालयका ३५ जना र अमरज्योति आधारभूत विद्यालयका ४१ जना विद्यार्थीलाई टिर्सट, कपि, पेन्सि, इरेजर लगाएतका शैक्षिक सामग्री वितरण गरेको ऋक्रियसनका सञ्चालक रितेश पौडेलले जानकारी दिए । विद्यार्थीलाई पोखरा महागनरपालिकाका वडा नम्बर १३ का वडा… पुरा पढौ

एभरेस्ट एफ एमद्वारा आकस्मिक रक्तदानमा १५१ यूनिट रगत संकलन

एभरेस्ट एफ एमद्वारा आकस्मिक रक्तदानमा १५१ यूनिट रगत संकलन
पोखरा, १६ कार्तिक/ एभरेस्ट मिडिया हाउसले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा १५१ यूनिट रगत संकलन भएको छ । विभिन्न चाडपर्वका कारण नियमित रक्तदान कार्यक्रमहरु हुन नसक्दा पोखरामा रगतको अभावलाई पुरा गर्न क्षेत्रीय रक्तसञ्चार केन्द्रको अनुरोधमा एभरेस्ट मिडिया हाउसद्वारा आयोजना भएको कार्यक्रममा ३३ महिला सहित १५१ जनाले रक्तदान गरेका हुन् । कार्यक्रममा क्षेत्रीय रक्तसञ्चार केन्द्रका प्रमुख अर्जुन ज्ञावलीले पहिलो रक्तदाता पाँच दलिय गठबन्धनबाट नेपाली कांग्रेसका तर्फबाट कास्की ३ (२)का प्रदेशसभाका प्रत्यासी उम्मेदवार प्रकाश बराललाई ब्लड व्याग हस्तान्तरण गरि कार्यक्रमको शुरुवात गरे… पुरा पढौ

डेंगुले लमजुङकी पत्रकार चाँदनी अधिकारीको निधन

चाँदनी अधिकारी
पोखरा, १६ कात्तिक/ लमजुङकी पत्रकार चाँदनी अधिकारीको डेंगुका कारण बुधबार निधन भएको छ । २२ वर्षीय अधिकारी रेडियो भोटेओडारमा समाचारवाचिकाका रुपमा कार्यरत थिइन् । लम्जुङमा सक्रिय पत्रकारीता गर्दै आएकी अधिकारी प्रेस सेन्टर लमजुङकी सचिव, सञ्चारिका समूह लमजुङका सहसचिव रहेकी अधिकारीको डेंगुका कारण निधन भएको परिवारले जनाएको छ । अधिकारीलाई थप उपचारका लागि चितवन लैजाने क्रममा बाटोमा निधन हो । उनका श्रीमान् बिदेशमा रहेको र उनी आएपछि भोटओडारमा अन्तिम संस्कार गरिने परिवारले जनाएको छ । उनको निधन प्रति विभिन्न संघ संस्थाले… पुरा पढौ

पोखरामा भूमिगत पार्किङमा महानगरले डोजर चल्यो, व्यवसायीलाई मेयरको प्रश्न, अझै कति घण्टा पर्खनु पर्ने ?

पोखरामा भूमिगत पार्किङमा महानगरले डोजर चल्यो, व्यवसायीलाई मेयरको प्रश्न, अझै कति घण्टा पर्खनु पर्ने ?
पोखरा, १५ कार्तिक/ पोखरा महानगरपालिकाले प्रयोजन विपरीत सञ्चालनमा रहेका भूमिगत पार्किङहरू खालि गराउन सुरु गरेको छ । यसअघि भूमिगत पार्किङ सहित महानगरपालिकाबाट कर छुटको सुविधा लिएर निर्माण गरिएका व्यापारिक भवनहरूले ती पार्किङहरूलाई पार्किङको रूपमा नभई व्यापारिक प्रयोजनमा प्रयोग गरेको पाइएपछि महानगरपालिकाले पटक पटक हटाउन अनुरोध गरेको थियो । अधिकांशले महानगरपालिकाको अनुरोध बमोजिम पार्किङ खाली गरेको भए पनि अटेर गरी व्यवसाय सञ्चालन गरिरहेका कतिपय भवनहरूमा महानगरपालिकाले मङ्गलवार डोजर नै चलाएको हो । पोखराको चिप्लेढुंगा स्थित आरके बिल्डिङ, विशाल बजार, महेन्द्र पुल… पुरा पढौ

पोखरामा जुवा खेल्दै गरेका २३ जना ५ लाख नगद सहित पक्राउ

जुवा तास
पोखरा, १५ कार्तिक/पोखरा महानगरपालिका वडा नम्बर ३० शिसुवा स्थित यमुना पराजुलीको घरमा कौडा (जुवा) खेली रहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय शिसुवाले २३ जनालाई पक्राउ गरेको छ । प्रहरी टोलीले कौडा खेली रहेका मानिसहरूलाई १ सेट कौडा र ५ लाख ३१ हजार ९ सय ५० रुपैया सहित पक्राउ गरेको कास्कीका प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले जानकारी दिए । उनीहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टा बाजी गर्न नहुने मुद्दा शीर्षकमा जिल्ला… पुरा पढौ

भीमकाली साँझबाट ६ लाख संकलन

भीमकाली साँझबाट ६ लाख संकलन
पोखरा, १२ कात्तिक / पोखरा महानगरपालिका १ मा सक्रिय रहदैं आएको भीमकाली साँझबाट ६ लाख संकलन भएको छ ।नेपालीहरुको चाड तिहारको अवसरमा आयोजित दोस्रो भीमकाली साँझ देउसी भैलो तथा साँस्कृतिक कार्यक्रमबाट ६ लाख बढी संकलन भएको क्लबका सदस्य अनिश गुरुङले जानकारी दिए । उनका अनुसार सो रकम सामाजिक क्रियाकलापमा खर्च गरिनेछ । ‘हामीले भीमकाली साँझबाट उठेको रमक अनावश्यक रुपमा खर्च गर्दैनौ, उनले भने, ‘विगतमा पनि विभिन्न सामाजिक क्रियाकलापमा संलग्न हुदैं आएका छौं । यसपटक उठेको रकम कोष र केही सामाजिक… पुरा पढौ