आँबुखैरेनी नजिकै खानिखोलामा सडक भासिदा पृथ्वीराजमार्ग अवरूद्ध

-


     क्लिक गण्डकी     
     पौष ३ गते २०७९ मा प्रकाशित


आँबुखैरेनी नजिकै खानिखोलामा सडक भासिदा तस्बिरः मनोज कुमारको फेसबुकबाट

आँबुखैरेनी नजिकै खानिखोलामा सडक भासिदा तस्बिरः मनोज कुमारको फेसबुकबाट

पोखरा, ३ पुस/ तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ खानिखोलामा सडक भासिएको छ । आइतबार बिहान करिब १० बजेतिर सडक भासिएपछि पृथ्वीराजमार्ग अवरूद्ध भएको छ । सडक चौडा गर्ने क्रममा पुलनजिकै सडक भासिएको हो ।

खुलाउने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ । अहिले अहिले साना गाडीहरू पास भइरहेका छन् । खाल्डोमा माटो राखेर पुर्ने काम भइरहेको छ । पृथ्वी राजमार्गको पोखरा–मुग्लिन सडकखण्ड फराकिलो बनाउने काम भइरहेको छ ।

पृथ्वीराजमार्ग आँबुखैरेनीको खानीखोलामा सडक भासिएर अबरुद्ध भएको हुँदा मर्स्याङदी ड्याम याङकोट हुदै आँबुखैरेनी निस्कने बैकल्पिक बाटो प्रयोग गरेर साना सवारी आउन सक्ने मनोज कुमारले फेसबुकमा लेखेका छन् ।