पोखरामा दशौं संस्करणको साहित्य महोत्सव पुस ६ गते देखी

-


     क्लिक गण्डकी     
     पौष २ गते २०७९ मा प्रकाशित


पोखरामा दशौं संस्करणको साहित्य महोत्सव पुस ६ गते देखी

पोखरामा दशौं संस्करणको साहित्य महोत्सव पुस ६ गते देखी

पोखरा, २ पुस/ दशौं संस्करणको नेपाल लिटरेचर फेस्टिभल पुस ६ गते देखी ११ गते सम्म पोखरामा हुने भएको छ । फेवाताल किनार बाराहीघाटमा हुने फेस्टिभलको आयोजना बुकवर्म फाउन्डेसनले गर्नेछ ।

दशौं संस्करणको साहित्य महोत्सवको तयारी अन्तिम चरणमा पुगेको पोखरामा शनिबार अयोजित पत्रकार सम्मेलनमा नेपाल लिटरेचर फेस्टिभलका निर्देशक नीरज भारीले जानकारी दिए । फेस्टिभलमा विभिन्न देशका लेखक, कलाकार, पत्रकार, साहित्यकारको सहभागीता रहने छ ।

महोत्सवमा अघिल्ला संस्करणका झै देशविदेशका करिब दुई सय साहित्यकार, राजनीतिज्ञ, लेखक पत्रकार, कलाकार, सम्पादक एवम् विशिष्ट व्यक्तित्वको उपस्थित रहने निर्देशक भारीले बताए ।

महोत्सवमा ५५ भन्दा बढी सेसन, सांगीतिक साँझ र रोचक सामाग्री समावेश गरिने इभेन्ट म्यानेजर सुजाना खत्रीले जानकारी दिइन् । साहित्य महोत्सवमा दैनिक हजारौं साहित्यानुरागी भेला हुने आयोजकको विश्वास छ ।

फेस्टिभलमा सन् २०२२ का बुकर पुरस्कार विजेता श्रीलंकाली लेखक सेहान करुणातिलका, लेखक एवम पत्रकार अक्षय मुकुल, सह–प्रध्यापक एवंम लेखक सुकेतु मेहता, लेखक एवम् फिल्म निर्माता सवा करिम खान, लेखक श्रेयना भट्टाचार्य लगायत अन्तर्राष्ट्रिय चर्तित व्यक्तित्वहरुको सहभागिता हुने फेस्टिभलका सदस्य केशवशरण लामिछानेले बताए ।

महोत्सवमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेताहरु गगन थापा, विश्वप्रकाश शर्मा, सिके राउत, गभर्नर महाप्रसाद अधिकारी, डा भगवान कोइराला, मास्टरसेफ सन्तोष साह, पत्रकार एवम लेखक विजय कुमार, लगायतको सहभागीता रहने अर्का सदस्य भरत कोइरालाले जानकारी दिए । फेस्टिभलको पूर्व सन्ध्यमा कवि नवराज पराजुली र उज्ज्वल सागरको प्रस्तुती रहने छ ।