म छिट्टै प्रधानमन्त्री बन्छुः प्रचण्ड

-


     क्लिक गण्डकी     
     मंसिर २८ गते २०७९ मा प्रकाशित


पुष्पकमल दाहाल ‘प्रचण्ड’

पुष्पकमल दाहाल ‘प्रचण्ड’

पोखरा, २८ मंसिर/ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू छिट्टै प्रधानमन्त्री बन्ने सम्भावना रहेको बताएका छन् ।

कास्कीको अन्नपूर्ण गाउँपालिका १ मा रहेको महेन्द्र आधारभूत विद्यालयको हिरक जयन्ती महोत्सवको उद्घाटन गर्दै प्रचण्डले आफू छिटै प्रधानमन्त्री बन्ने बताए ।

उनले आफु तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्ने बताए । उनले तेस्रो कार्यकालमा अझ राम्रो काम गर्ने अठोट गरे । उनले पहिलो कार्यकाल राम्रोसँग विधि प्रक्रिया बझ्नै नपाइ गएको र दोस्रो कार्यकाल देशको लागि केही महत्वपूर्ण काम गरेको उनको भनाई थियो । उनले आफू नेतृत्वमा पुगे भ्रष्टाचार नियन्त्रण गरेर देशको आर्थिक विकासमा लाग्ने बताए ।

उनले आगामी चुनाव कास्कीबाट लड्ने बताए । उनले अहिले सम्म राजनीतिक क्रान्ति गरेको बताउदै अब आर्थिक क्रान्ति गर्ने बताए । उनले सबै राजनीतिक दलहरु आर्थिक क्रान्तिमा केन्द्रित हुने पर्ने उनको सुझाब छ । कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई सम्मान गरे ।