‘प्रसाद २’ मा महेश त्रिपाठीको इन्ट्री

-


     क्लिक गण्डकी     
     पौष २ गते २०७९ मा प्रकाशित


महेश त्रिपाठी

महेश त्रिपाठी

पोखरा, २ पुस/ छायांनक नहुदै कलाकारको हेरफेर गरेर चर्चा कमाएको फिल्म प्रसाद २ मा महेश त्रिपाठीको इन्ट्री हुने भएको छ । त्रिपाठीको अभियनको शैली देखेर निर्देशक निमार्ताहरुले त्रिपाठीलाई प्रसाद २ मा अफर गरेका हुन् ।

त्रिपाठीले यस अघि नै अमेरिकाको ह्युस्टन फिल्म फेस्टिभलमा नेपाली फिल्म हल्काराबाट उत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए । नेपाली कलाकारले यती ठुलो विदेशी अवार्ड जित्ने सम्भवत महेश मात्रै हुन् ।

त्रिपाठीलाई त्यस पश्चात एक पछि अर्को गरी फिल्मका अफरहरु आइरहेका छन् । निमार्ण पक्षले छायाँनकन सुरुवात नहुदै कलाकारहरुको विवाद रहेका कारण रोकीएको छायाँकनमा त्रिपाठीलाई अभियनको लागि अनुरोध गरेको थियो । यतिवेला सर्वाधीक फेम याक्टर महेश त्रिपाठी समेत प्रसाद २ मा अनुवन्दीत भएको कुरा निमार्ण पक्षले जनाएको छ ।

अन्तरजातीय विवाहको सामाजिक प्रभाव र प्रेमकथामा बन्ने यो फिल्मको अघिल्लो भागलाई दर्शकहरुले निकै रुचाएका थिए ।
तिन वर्ष देखि निमार्ण गर्ने भनिएको फिल्ममा कोरोना र कलाकारका कारण समयमै छायाँनकन हुन नसकेको निर्माता सुवास थापाले बताएका छन् । सुरुमा प्रमुख कलाकारको रुपमा घोषणा गरिएका नम्रता श्रेष्ठ र राज कटुवालले ‘प्रसाद २’ छाडेका छन् । नम्रताले फिल्म नगर्ने टुंगो लागेपछि उनको ठाउँमा केकी अधिकारी भित्रिएकी छन् ।

कलाकार हेरफेरसँगै फिल्मम ‘प्रसाद’को दोस्रो श्रृंखलाको छायांकन बिहीबार देखिसुरु भएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिकाबाट सुटिङ सुरु भएको छ । ४० दिनको छायांकन तालिका छ । फिल्म सुटिङ सुरु हुने बेला विवाद निम्तिएपछि फिल्मको निर्माण अन्योलमा थियो । निर्माता सुवास थापा र विपिन कार्की विच मंसिर ७ गतेदेखि छायांकन गर्ने लिखित सहमति निर्माता संघमा भएको थियो । सोही सहमतिअनुसार नै सुटिङ अघि बढेको हो ।

एसजी फिलीम्स र सुलभ थापा प्रोडक्सनले फिल्म निर्माण गर्न लागेका हुन् । सुदर्शन बस्नेत निर्माता र सुवास थापा प्रस्तुतकर्ता हुन् । अर्पण थापा, कमलमणि नेपाल, प्रकाश घिमिरे, विशाल पहाडी लगायतको फिल्ममा अभिनय रहनेछ ।

राजेश श्रेष्ठको छायांकन, उत्तम न्यौपानेको पाश्र्वध्वनि, राजनराज सिवाकोटीको संगीत रहनेछ । पटकथा सुशील पौडेलले लेखेका हुन् । अघिल्लो सिक्वेललाई दिनेश राउतले निर्देशन गरेका थिए । दोस्रो श्रृंखलालाई सुदर्शन थापाले निर्देशन गर्दै छन् । सुटिङ सकिएपछि प्रदर्शन मिति तय गरिने निमार्ण पक्षले जनाएको छ ।



Tags: ,