पोखरामा ९ जना बृद्धा महिला सुनका गहना चोरेको आरोपमा एक जना पक्राउ

-


     क्लिक गण्डकी     
     पौष १ गते २०७९ मा प्रकाशित


पोखरामा ९ जना बृद्धा महिला सुनका गहना चोरेको आरोपमा एक जना पक्राउ

पोखरामा ९ जना बृद्धा महिला सुनका गहना चोरेको आरोपमा एक जना पक्राउ

पोखरा, १ पुष/ पोखराका विभिन्न ठाउँबाट सुनका गहना चोरी गरेको आरोपमा कास्की प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वतको मोदी गाउँपालिका वडा नम्बर ६ घर भई हाल पोखरा महानगरपालिका वडा नम्बर ४ गणेश टोल बस्ने ३४ वर्षीया टीका श्रेष्ठ रहेकी छन् ।

श्रेष्ठले पोखराका विभिन्न ठाउँबाट वृद्धा महिलाहरुको घर पुगी परिवारका अन्य सदस्यहरु नभएको मौका छोपी सुनका गहना र नगद चोरी गरेको कास्की प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए ।

श्रेष्ठले ९ जना पीडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको बताए । अपरिचित एक महिलाले गहना चोरी गरेको उजुरी दिएपछि वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीको टोलीले श्रेष्ठलाई बुधबार पक्राउ गरेको हो । उनको साथबाट सुनका गहना र नगदसमेत बरामद भएको छ । उनले २७ लाख २ हजार ५८ रुपैया बराबरको नगद चोरी गरेको आरोप छ ।

श्रेष्ठलाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रवक्ता खड्काले बताए । कास्की प्रहरीले यस्तै प्रकृतिका चोरीका घटना भएका अन्य कोही पीडित भए पनि प्रहरी उजुरी दिन अनुरोध गरेको छ ।

जाहेरवाला/पीडित तथा चोरी भएका धनमालको विवरण :

जाहेरवालापीडितठेगानाचोरी भएको धनमालको विवरणचोरी भएको धनमालको अं. मूल्य
मधु ढुङ्गानावर्ष ७८ की दुर्गा कुमारी पाध्यपोखरा ११ रानीपौवासुनको सिक्री-१, तिलहरी-१, झुम्का १ जोर, पञ्चरत्ने बाला-२, औठी-३ र टप १ जोररु. २,६१,०५८।-
रिखी माया सापकोटावर्ष ८३ की रिखी माया सापकोटापोखरा १३ पाटनबेशीसुनको सिक्री १ र औठी १ थानरु. ३,००,०००।-
गौमाया थापावर्ष ७० की तिल कुमारी थापापोखरा १२ माटेपानीसुनको बाला २ जोररु. ८,००,०००।-
लक्ष्मी कोईरालावर्ष ७९ की लक्ष्मी कोइरालापोखरा ४ गैह्रपाटनसुनको सिक्री १ थानरु. २,००,०००।-
टोक बहादुर गुरुङवर्ष ९० की शान्ति माया गुरुङपोखरा १२ उपकर मार्गसुनको सिक्री १ थान३,५५,२५०।-
ठग कुमारी महत क्षेत्रीवर्ष ८७ की ठग कुमारी महत क्षेत्रीपोखरा ११ फुलवारीसुनको सोवकी १ थान, औँठी १ थान र नगद रु. ५०,०००।-रु. १,५०,०००।-
दुर्गा गिरीवर्ष ५४ की सिता माया गिरीपोखरा १५ गलेश्वर मार्गसुनको मंगलसुत्र १ थानरु. २५,०००।-
शान्ति पोख्रेलवर्ष ६५ की मधु माया पौडेलपोखरा २७ कास्कीसुनको मंगलसुत्र १, झुम्का २, चुरी १, औठी २, चन्द्रामा १, तिलहरी १ थान र नगद रु. ३०,०००।-रु. ३,५७,०००।-
सुर्य ब. थापा मगरवर्ष ८२ की डुमा देवी थापापोखरा १० मिलन टोल६ तोलाको सुनको बाला १ थानरु. ६,०९,०००।-
                                                                                                                जम्मा२७,०२,०५८।-



Tags: