समाचार

बझाङमा फेरी भूकम्प

भूकम्प
बझाङ, २६ कार्तिक/ बझाङमा शनिबार राति फेरी भूकम्प आएको छ । बझाङको पटादेवल केन्द्रबिन्दु भएर ५ दशमलब ४ रेक्टर स्केलको भूकम्प गएको हो । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस भएको थियो । कार्तिक २३ गते ६ दशमल ६ रेक्टरस्केलको भूकम्प गएको थियो । त्यो भूकम्पबाट ६ जनाको मृत्यु भएको थियो । पुरा पढौ

बाम्दी घाटीछिनाँ सडक कात्रे शुरु, महानगरबाट अनुगमन

बाम्दी घाटीछिनाँ सडक कात्रे शुरु, महानगरबाट अनुगमन
पोखरा, २५ कार्तिक/ पोखरा महानगरपालिका २३ हुदैँ पञ्चासे र कास्कीको अन्नपूर्ण गाँउपालिका जोडने सडक निर्माणमा ढिलाई भएपछि पोखरा महानगरपालिको अनुगमन समितिले शुक्रबार अनुगमन गरेको छ । पोखरा २४ पामेदेखि पोखरा २३ को कात्रे, बाम्दी, घाटीछिना हुदै पञ्चासे पुग्ने सडकको निर्माण कार्य ढिलाई भएको भन्ने गुनासो आएपछि पोखरा महानगरपालिका उपप्रमुख एवं अनुगमन समितिका संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा प्राविधिक सहितको टोलीले अनुगमन गरेको हो । अनुगमनमा पोखरा वडा नम्वर ४ का अध्यक्ष एवं अनुगमन समितिका सदस्य देवकृष्ण पराजुली, कार्यपालिका सदस्य मन्दिरा गौतम,… पुरा पढौ

पोखरामा चुनाव सुरक्षा गोष्ठी, ५० मतदानस्थल अति संवेदनशील

पोखरामा चुनाव सुरक्षा गोष्ठी, ५० मतदानस्थल अति संवेदनशील
पोखरा, २५ कात्तिक/ आसन्न चुनावलाई लिएर पोखरामा शुक्रबार गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठी भएको छ । गृह मन्त्रालय तथा गण्डकी प्रदेश आन्तरिक मामिला मन्त्रालयको संयुक्त आयोजामा भएको गोष्ठीमा प्रदेशका १० जिल्लाका प्रमुख जिल्ला अधिकारी, विभिन्न सुरक्षा निकायका प्रमुख लगायतको सहभागिता रहेको थियो । मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा विभिन्न दलले गरेको चुनाव बहिष्कार लगायत कार्यक्रम सुरक्षा चुनौतीको रुपमा रहेको प्रमुख जिल्ला अधिकारीले बताएका छन् । कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले चुनाव बहिष्कार गर्ने नेकपा विप्लव, नेकपा मसाल,… पुरा पढौ

काठमाडौंमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा कास्कीका दुईजनाको मृत्यु

दुर्घटना
पोखरा, २३ कार्तिक/ काठमाडौं वसुन्धरामा बुधबार ट्रक र स्कुटर ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीका ४७ वर्षीय बेलबहादुर रानामगर र कास्कीकै ४१ वर्षीया कल्पना रानामगर रहेको प्रहरीले जानकारी दिएको छ । नारायण गोपाल चोकबाट वसुन्धरातर्फको सडकमा ना ८ ख १८४१ नम्बरको ट्रक र बा प्र २—०३२ प २२२७ नम्बरको स्कुटर ठोक्किएका थिए । प्रहरीले ट्रक चालक चितवनका २५ वर्षीय राम हमाललाई नियन्त्रणमा लिएको छ । पुरा पढौ

वैदेशिक रोजगारमा संलग्न महिलाको सुरक्षित, मर्यादित सेवा सुनिश्चितता गर्नुपर्नेमा जोड

वैदेशिक रोजगारमा संलग्न महिलाको सुरक्षित, मर्यादित सेवा सुनिश्चितता गर्नुपर्नेमा जोड
पोखरा, २३ कार्तिक/ रोजगारको शिलशिलामा वैदेशिक रोजगारमा जाने महिलाहरुमा थुप्रै चुनौति देखिएको भन्दै यसलाई न्यूनिकरण गर्न महिलाको सुरक्षित, मर्यादित सेवा सुनिश्चितता गर्नुपर्नेमा जोड दिइएको छ । पोखरामा राष्ट्रिय महिला आयोगले आयोजना गरेको वैदेशिक रोजगारमा संलग्न महिलाको सुरक्षित, मर्यादित र सेवाको सुनिश्चितताका लागि वैदेशिक रोजगारीको क्षेत्रमा कार्यरत निकायगत र तहगत सरोकारवालासँगको सार्वजनिक सुनुवाइ कार्यक्रमा सहभागिहरुले सुरक्षित र मर्यादित सेवाको सुनिश्चिता हुनुपर्नेमा जोड दिएका हुन् । वैदेशिक रोजागरका लागि दुबई र कतार गएर फर्किनु भएकी देवी सुनाले वैदेशिक रोजगार अवसरसँगै चुनौति भएकाले… पुरा पढौ

नेपालमा मध्यराति ६.६ म्याग्निच्यूडको भूकम्प, घर भत्किँदा ६ जनाको मृत्यु

भूकम्प
बझाङ, २३ कार्तिक/ डोटीमा मंगलबार मध्यराति २ बजेर १२ मिनेटमा ६ दशमलब ६ म्याग्निच्यूडको भूकम्पले घर भत्काउँदा ६ जनाको मृत्यु भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दू बनाएर भूकम्प गएको जनाएकोछ । पूर्बीचौकी गाउँपालिकाको वडा नम्बर ३ गैरागाउँमा केही घर भत्किंदा घरमा च्यापिएर ६ जनाको मृत्यु भएको र १ जना उद्धार गर्न बाँकि रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी भोला भट्टले जानकारी दिए । ५ जना घाइते रहेका र तिनीहरूको उपचारका लागि अस्पताल… पुरा पढौ

नेपालमा मंगलबार भूकम्पको धक्का

भूकम्प
बझाङ, २२ कार्तिक/ सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । कर्णाली प्रदेशका केही जिल्लामा समेत भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार बेलुका ९ बजेर ७ मिनेट जाँदा खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दू भएर ५ दशमलव ७ रेक्टरस्केलको भूकम्प गएको हो । सुदूरपश्चिमका बझाङ, बाजुरा, अछाम, डोटी, कैलाली, बैतडी, दार्जुला र डडेल्धुरामा भूकम्पको धक्का महसुस गरिएको स्थानीयले बताएका छन् । कतिपय ठाउँमा भूकम्प लगत्तै सर्वसाधारण घरबाहिर निस्किएका थिए । पुरा पढौ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा मंसिर १४ बाट परीक्षण उडान

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल
पोखरा, २१ कार्तिक/ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी नोभेम्बर ३० अर्थात मंसिर १४ गते यान्त्रिक परीक्षण उडान ‘क्यालिब्रेसन फ्लाइट’ सञ्चालन गरिने भएको छ । जनवरी १ (पुस १७ गते) देखि व्यावसायिक सञ्चालनको घोषणा गरिएको पोखरा विमानस्थलमा क्यालिब्रेसन उडानको तयारी भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नोभेम्बर ३० मा यान्त्रिक परीक्षण उडान गरी जनवरी १ देखि व्यावसायिक उडान सञ्चालन गर्ने प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पोखरा विमानस्थलको भौतिक पूर्वाधार तथा… पुरा पढौ

पोखरामा फलामको पोलले लागेर विद्यार्थीको मृत्यु

पोखरा, २१ कार्तिक/ पोखराको एक विद्यालयमा फलामको पोलले लागेर एक विद्यार्थीको मृत्यु भएको छ । पोखरा १० उत्तमचोकमा रहेको ज्योतिकुञ्ज विद्यालयमा कक्षा ८ मा अध्ययनरत रोहित थापाको फुटबल पोस्टको बारले लाग्दा मृत्यु भएको हो । बारमा झुन्डिएका बालक सोही बार खसेर लागेपछि घाइते भएका थिए । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले थप अनुसन्धानका लागि स्कुलका प्रधानाध्यापकलाई नियन्त्रणमा लिएको छ । पुरा पढौ

एमाले कास्की २ को प्रतिबद्धता कृष्ती, निर्मलपोखरी, मट्टिखान, हुँडिकोट डाँडामा रेल

पोखरा, २० कार्तिक/ नेकपा एमाले कास्की क्षेत्र नम्बर २ का उम्मेदवार विद्या भट्टराइले शनिबार चुनावी प्रतिद्धता सार्वजनीक गरेकी छन् । उनले चुनावी प्रतिद्धतामा रेल सेवादेखी सुरुमार्ग समेटिएको छ । प्रतिबद्धतापत्रमा पोखरा महानगरपालिका २१ कृष्ती, निर्मलपोखरी, मट्टिखान, हुँडिकोटमा पर्यटकीय आकर्षण गर्न रिजलाइन (डाँडा रेल सेवा) सञ्चालन गर्न सम्भाव्यता अध्ययन प्रक्रिया अघि बढाइने रहेको छ । यस्तै पोखरा महानगरपालिकालाई बाह्य सडक सञ्जालसँग जोड्न आवश्यक स्थानमा सुरुमार्ग सम्भाव्यता अध्ययन गर्ने । त्यसै गरी शिक्षा र प्रविधि क्षेत्रमा प्रविधिक तथा व्यवसायिक कार्यक्रम सञ्चालन गर्ने,… पुरा पढौ