पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो उडान पोखरा–वनारस हुने

-


     क्लिक गण्डकी     
     पौष ४ गते २०७९ मा प्रकाशित


पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

पोखरा, ४ पुस/ पुस १७ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो उडान पोखरा देखि भारतको वनारससम्म हुने भएको छ । बुद्ध एयरले पोखरा–वनारस रुटमा पहिलो उडान भर्ने तयारी गरेको छ ।

नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान)ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो उडान पोखरा–वनारस रुटमा हुने बताए हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि दिउँसोको समयमा मात्र उडान संचालन हुनेछ ।

क्यालिब्रेसन फ्लाईट (यान्त्रीक परीक्षण)को अन्तिम रिपोर्ट नआइसकेको र केही तयारी नपुगेकोले अहिले नै रात्रीकालिन उडान भने नहुने प्राधिकरण जनाएको छ । पोखरा–वनारस उडान गर्नका लागि बुद्ध एयरले सबै तयारी गरेको कम्पनीले जनाएको छ ।



Tags: