
रोटे पिङ
पोखरा, ७ पुस/ पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको पोखरा औद्योगिक व्यपार मेलामा पिङ खेल्दा खसेर घाइते भएकी एक युवतीको मृत्यु भएको छ ।
पोखराको नयाँ बजार बस्दै आएकी २२ वर्षीया अस्मिता लिम्बू मंसिर १९ गते पिङ खेल्न गएकी थिइन् । मेलामा घुम्दै गर्दा उनीहरू रोटे पिङ राखिएको ठाउँमा पुगे । पिङ खेल्दा तीन जना खसेर घाइते भए ।
पिङको माथिल्लो भागबाट खसेका उनीहरूमध्ये अस्मिता गम्भीर घाइते बनिन् । गम्भीर घाइते भएकी अस्मिताको बुधबार अस्पतालमा मृत्यु भएको छ ।
गण्डकी मेडिकल कलेजमा उपचार गर्दागर्दै उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । पिङबाट खसेर मृत्यु भएकी अस्मिताका विषयमा प्रहरीले अनुसन्धान भइरहेको बताएको छ ।





