पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार यती र बुद्ध एयरलाइन्सले परिक्षण उडान गर्ने

-


     क्लिक गण्डकी     
     पौष ६ गते २०७९ मा प्रकाशित


पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

पोखरा, ६ पुस/ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सम्पन्न भएसँगै यती र बुद्ध एयरलाइन्सले बिहीबार परिक्षण उडान गर्ने भएका छन् ।

नागरिक उड्डयन प्राधिकरणले पर्यटकीय नगरीमा जनवरी १ तारिकबाट अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने तयारी गरेसँगै दुबै एअरलायन्सले परिक्षण उडान भर्ने तयारी गरेको हो ।

एअरलाइन्सले नयाँ विमानस्थलबाट उडान गर्न आवश्यक जनशक्ति तयारी गर्ने, आवश्यक तालिमहरु दिने, भुमिस्थ उपकरण ब्यवस्थापन गर्ने, विमानस्थलको स्थित अफिस तयारी गर्ने आन्तरिक कामलाई तीब्र बनाएको छ ।

तयारी अनुसार बिहीबार यती एएरलायन्सले बिहान १० बजे र बुद्ध एयरलाइन्सले दिउसो १ बजे नयाँ एयरपोर्टमा परिक्षण उडान गर्ने तयारी गरेका छन् ।

एयरलाइन्सले चालक दलका सदस्यहरुलाई नयाँ विमानस्थलमा अभ्यस्त गर्न र एयरलाइन्सको आन्तरिक तयारीका लागि उडान भर्न लागेको हो । यसरी हुने उडानले चालक दलका सदस्यहरुलाई नयाँ विमानस्थलको बस्तु स्थिती जानकारी हासिल गर्न सहज हुने छ ।



Tags: