समाचार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो उडान पोखरा–वनारस हुने

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल
पोखरा, ४ पुस/ पुस १७ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो उडान पोखरा देखि भारतको वनारससम्म हुने भएको छ । बुद्ध एयरले पोखरा–वनारस रुटमा पहिलो उडान भर्ने तयारी गरेको छ । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान)ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो उडान पोखरा–वनारस रुटमा हुने बताए हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि दिउँसोको समयमा मात्र उडान संचालन हुनेछ । क्यालिब्रेसन फ्लाईट (यान्त्रीक परीक्षण)को अन्तिम रिपोर्ट नआइसकेको र केही तयारी नपुगेकोले अहिले नै रात्रीकालिन उडान भने नहुने प्राधिकरण जनाएको छ । पोखरा–वनारस उडान… पुरा पढौ

पोखराको ल्याण्डफिल्ड साइडमा फोहोर फ्याँक्नमा रोक, ल्याण्डफिल्ड साइड पुर्न शुरु

ल्याण्डफिल्ड साइड
पोखरा, ३ पुस/ पोखराको छिनडाँडामा अवस्थित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा बाधक बनेको पोखराको ल्याण्डफिल्ड साइडमा आइतबारदेखि फोहोर फ्याँक्नमा रोक लगाएको छ । पोखरा महानगरपालिकाले तत्कालका लागि फोहोरको व्यवस्थापनका गर्न विभिन्न वडाहरूमा अल्पकालीन व्यवस्था मिलाइएको जनाएको छ । पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिमिल्सिनाका अनुसार तत्कालका लागि क्षेत्रगत रुपमा फोहोर व्यवस्थापन गर्ने निर्णय महानगरले गरेको छ । महानगर कार्यपालिकोे गरेको निर्णयमा लेखनाथ क्षेत्र हेम्जाको लागि हेम्जा, विरौटाको लागि छोरेपाटन लगायत पोखरामा फाल्न मिल्ने खोल्सा खोल्सी रहेका छन् । जनवरी १ बाट जसरी… पुरा पढौ

उद्यमीलाई पर्यटनसँग जोड्दै नाट्टा गण्डकी

उद्यमीलाई पर्यटनसँग जोड्दै नाट्टा गण्डकी
पोखरा, ३ पुस/ नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजन्टस (नाट्टा) को ‘समृद्धिका लागि पर्यटन’ टोली चितवन पुगेर पोखरा फर्केको छ । विभिन्न पेशा व्यावसायमा आवद्ध उद्यमीसहित शुक्रबार पोखराबाट हिंडेको टोली विविध गतिविधि गरी शनिबार पोखरा आएको हो । कार्यक्रम अन्र्तगत पहिलो दिन शुक्रबार विभिन्न व्यावसायमा आवद्ध उद्यमीहरु बिच फेलोसिप नाईट भएको नाट्टा गण्डकीका अध्यक्ष हरीराम अधिकारीले जानकारी दिए । उद्यमी फेलोसिप नाईटमा नेपालको पर्यटन क्षेत्रमा आन्तरिक पर्यटनले कसरी टेवा पु¥याउन सकिन्छ भन्ने विषयमा छलफल भएको थियो । ‘हामीले पहिलो… पुरा पढौ

आँबुखैरेनी नजिकै खानिखोलामा सडक भासिदा पृथ्वीराजमार्ग अवरूद्ध

आँबुखैरेनी नजिकै खानिखोलामा सडक भासिदा तस्बिरः मनोज कुमारको फेसबुकबाट
पोखरा, ३ पुस/ तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ खानिखोलामा सडक भासिएको छ । आइतबार बिहान करिब १० बजेतिर सडक भासिएपछि पृथ्वीराजमार्ग अवरूद्ध भएको छ । सडक चौडा गर्ने क्रममा पुलनजिकै सडक भासिएको हो । खुलाउने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ । अहिले अहिले साना गाडीहरू पास भइरहेका छन् । खाल्डोमा माटो राखेर पुर्ने काम भइरहेको छ । पृथ्वी राजमार्गको पोखरा–मुग्लिन सडकखण्ड फराकिलो बनाउने काम भइरहेको छ । पृथ्वीराजमार्ग आँबुखैरेनीको खानीखोलामा सडक भासिएर अबरुद्ध भएको हुँदा मर्स्याङदी ड्याम याङकोट… पुरा पढौ

पोखरामा दशौं संस्करणको साहित्य महोत्सव पुस ६ गते देखी

पोखरामा दशौं संस्करणको साहित्य महोत्सव पुस ६ गते देखी
पोखरा, २ पुस/ दशौं संस्करणको नेपाल लिटरेचर फेस्टिभल पुस ६ गते देखी ११ गते सम्म पोखरामा हुने भएको छ । फेवाताल किनार बाराहीघाटमा हुने फेस्टिभलको आयोजना बुकवर्म फाउन्डेसनले गर्नेछ । दशौं संस्करणको साहित्य महोत्सवको तयारी अन्तिम चरणमा पुगेको पोखरामा शनिबार अयोजित पत्रकार सम्मेलनमा नेपाल लिटरेचर फेस्टिभलका निर्देशक नीरज भारीले जानकारी दिए । फेस्टिभलमा विभिन्न देशका लेखक, कलाकार, पत्रकार, साहित्यकारको सहभागीता रहने छ । महोत्सवमा अघिल्ला संस्करणका झै देशविदेशका करिब दुई सय साहित्यकार, राजनीतिज्ञ, लेखक पत्रकार, कलाकार, सम्पादक एवम् विशिष्ट व्यक्तित्वको… पुरा पढौ

गण्डकी सरकार निमार्णको बाटो खुल्यो, प्रदेश प्रमुख समक्ष निर्वाचनको प्रतिवेदन पेस

गण्डकी सरकार निमार्णको बाटो खुल्यो, प्रदेश प्रमुख समक्ष निर्वाचनको प्रतिवेदन पेस
पोखरा, २ पुस/ निर्वाचन आयोगले गण्डकी प्रदेशमा मंसिर ४ गते सम्पन्न प्रदेशसभा निर्वाचनको मत परिणाम सहितको प्रतिवेदन गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई बुझाएको छ । प्रतिवेदन बुझाए सँगै नयाँ सरकारका लागि बाटो खुलेको छ । निर्वाचन आयुक्त इश्वरीप्रसाद पौडेलले प्रदेश प्रमुख गुरुङलाई गण्डकी प्रदेशसभामा प्रत्यक्ष र समानुपातिकतर्फबाट निर्वाचित प्रदेश सभा सदस्यहरूको विवरण सहितको प्रतिवेदन बुझाए । कार्यक्रममा प्रदेश प्रमुख गुरुङले सफलतापूर्वक आयोगले निर्वाचन सम्पन्न गरेको भन्दै बधाई व्यक्त गरे । उनले लोकतन्त्रको महत्वपूर्ण पक्ष आवधिक निर्वाचन भएको बताउँदै प्रदेश प्रमुख… पुरा पढौ

‘प्रसाद २’ मा महेश त्रिपाठीको इन्ट्री

महेश त्रिपाठी
पोखरा, २ पुस/ छायांनक नहुदै कलाकारको हेरफेर गरेर चर्चा कमाएको फिल्म प्रसाद २ मा महेश त्रिपाठीको इन्ट्री हुने भएको छ । त्रिपाठीको अभियनको शैली देखेर निर्देशक निमार्ताहरुले त्रिपाठीलाई प्रसाद २ मा अफर गरेका हुन् । त्रिपाठीले यस अघि नै अमेरिकाको ह्युस्टन फिल्म फेस्टिभलमा नेपाली फिल्म हल्काराबाट उत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए । नेपाली कलाकारले यती ठुलो विदेशी अवार्ड जित्ने सम्भवत महेश मात्रै हुन् । त्रिपाठीलाई त्यस पश्चात एक पछि अर्को गरी फिल्मका अफरहरु आइरहेका छन् । निमार्ण पक्षले छायाँनकन सुरुवात… पुरा पढौ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उडान हुने

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल
पोखरा, १ पुस/ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय उडान योग्य भएको यान्त्रिक परीक्षण देखाएको छ । विमानस्थलमा हालै गरिएको यान्त्रिक परीक्षण उडान ‘क्यालिब्रेसन फ्लाइट’ को प्रतिवेदन सकारात्मक आएसँगै विमानस्थल अन्तर्राष्ट्रिय उडानयोग्य भएको हो । अब विमानस्थल सञ्चालनका लागि अन्तिम तयारी समेत गरिएको छ । यान्त्रिक परीक्षण उडानको प्रतिवेदन सकारात्मक आएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का प्रवक्ता जगन्नाथ निरौलाल बताए । उनले क्यालिब्रेसन फ्लाइटको प्रतिवेदन सबै राम्रो आएको भन्दै प्रतिवेदनको एरोनोटिकल इन्फर्मेसन पब्लिकेसन छिट्टै प्रकाशन गर्ने बताए । यान्त्रिक परीक्षणको प्रतिवेदन क्यानले… पुरा पढौ

पोखरामा ९ जना बृद्धा महिला सुनका गहना चोरेको आरोपमा एक जना पक्राउ

पोखरामा ९ जना बृद्धा महिला सुनका गहना चोरेको आरोपमा एक जना पक्राउ
पोखरा, १ पुष/ पोखराका विभिन्न ठाउँबाट सुनका गहना चोरी गरेको आरोपमा कास्की प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वतको मोदी गाउँपालिका वडा नम्बर ६ घर भई हाल पोखरा महानगरपालिका वडा नम्बर ४ गणेश टोल बस्ने ३४ वर्षीया टीका श्रेष्ठ रहेकी छन् । श्रेष्ठले पोखराका विभिन्न ठाउँबाट वृद्धा महिलाहरुको घर पुगी परिवारका अन्य सदस्यहरु नभएको मौका छोपी सुनका गहना र नगद चोरी गरेको कास्की प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए । श्रेष्ठले ९ जना पीडितले जिल्ला… पुरा पढौ

नेपाल लिटरेचर फेस्टिभलमा गगन थापा पोखरा आउने

नेपाल लिटरेचर फेस्टिभलमा गगन थापा पोखरा आउँदै
पोखरा, २८ मंसिर/ पोखरामा आयोजना हुने दशौं संस्करणको नेपाल लिटरेचर फेस्टिभलमा यस वर्ष कांग्रेस महामन्त्री गगन थापा आउने भएका छन् । फेस्टिभलका दुई सत्रमा उनी वक्ताका रुपमा रहने आयोजक बुकवर्म फाउन्डेसनले जनाएको छ । महामन्त्री थापाले ‘काठमान्डु कथा’ शीर्षक सत्रमा लेखक बुद्धिसागरसँग संवाद गर्नेछन् । यस सत्रमा बाहिरी जिल्लाबाट काठमाडौं गएका र काठमाडौंमै बसेका व्यक्तिले भोगेको काठमाडौंको समाज एवं यहाँको जनजीवनबारे छलफल हुने फाउन्डेसनले बताएको छ । साथै ‘समाजअनुसारका नेता कि नेताअनुसारको समाज ?’ शीर्षक सत्रमा अर्का महामन्त्री विश्वप्रकाश शर्मा… पुरा पढौ