समाचार

नेपाल सरकारको प्रशासकीय अदालतमा कार्यरत निशाको डेंगुबाट मृत्यु

निशा घिमिरे पौडेल
पोखरा, २१ असोज / नेपाल सरकारको प्रशासनीक अदालतमा कार्यरत एक कर्मचारीको डेंगुबाट मृत्यु भएको छ । साबिक कास्की जिल्ला सल्यान ८ लामाचौर घर भई हाल बासगढी नगरपालिका बर्दिया निबासी नेपाल सरकारको प्रशाससकीय अदालतमा कार्यरत निशा घिमिरे पौडेल डेंगुबाट मृत्यु भएको हो । काठमाडौंमा कार्यरत उनको असोज १८ गते निधन भएको परिवारले जानकारी दिएको छ । उनकी पाँच वर्षकी छोरी छन् भने उनका श्रीमान् अमेरीकामा कार्यरत छन् । पुरा पढौ

अमेरिकी डीभीको आवेदन खुल्यो, यि कुरामा ध्यान दिनु होस्

अमेरिकी डीभी
पोखरा, २१ असोज/ अमेरिकाले २०२४ को डाइभर्सिटी भिसा (डीभी)को आवेदन खुला गरेको छ । १९ असोज बुधबारको राति ९ः४५ बजेबाट खुला भएको आवेदन २२ कार्तिक २०७९ सम्म जारी रहने काठमाडौंस्थित अमेरिकी दूताबासले जारी गरेको सुचनामा उल्लेख छ । आवेदन दिनको लागि https://dvprogram.state.gov/ मा गएर मागिएको जानकारीहरू प्रविष्ट गर्नुपर्ने जनाएको छ । स्पन्सर लगायतका कागजात नचाहिने र डीभीको आवेदन निःशुल्क भर्न सकिने समेत दूताबासले जनाएको छ । U.S. Embassy, Nepal  २०२४ को डाइभर्सिटी भिसा (डिभी)को आवेदन हिजो राति अर्थात असोज १९… पुरा पढौ

पोखराको कुन ठाउँ कति नम्बर वडा

पोखरा महानगरपालिका वडा नम्बर १८ सराङकोटबाट देखीएको फेवाताल र पोखराको दृश्य । तस्बिरः सागर राज तिमिल्सिना
पोखरा, २० असोज/ पोखरा महानगरपालिकाको ३३ वडाहरु कुन कुन ठाउँ कुन वडामा । वडा नम्बर १ – बगर, सिमपानी, टुडिखेलवडा नम्बर २ – भैरबटोल, अर्चलबोट, बसपार्कवडा नम्बर ३ – तेर्सापट्टी नदीपुरवडा नम्बर ४ – गणेशटोल, चिप्लेढुङ्गावडा नम्बर ५ – मालेपाटन, जिरोकिलो मिटरवडा नम्बर ६ – बैदाम, लेकसाइडवडा नम्बर ७ – मासवार, रत्नचोक, सहिदचोकवडा नम्बर ८ – सिमलचौर, सृजनाचोकवडा नम्बर ९ – नयाँ बजार, महेन्द्रपुल, बसपार्क, पृथ्वीचोकवडा नम्बर १० – रामबजार, औद्योगिक क्षेत्र, अमरसिंह चोकवडा नम्बर ११ – रानीपौवा, फूलवारी, काहुँ… पुरा पढौ

कास्कीका तीन वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय खुल्यो

कास्कीका तीन वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय खुल्यो
पोखरा, २० असोज/ मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि कास्कीमा मुख्य तथा निर्वाचन अधिकृतको कार्यालय खोलिएको छ । ३ निर्वाचन क्षेत्र रहेको कास्कीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला समन्वय समितिको कार्यालय रहेको ठाउँमा खोलिएको छ । कास्की क्षेत्र नम्बर ३ को कार्यालय पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई तोकिएको प्रदेश निर्वाचन अधिकारी हुमनाथ पराजुलीले जानकारी दिए । त्यसै गरी क्षेत्र नम्बर १ को कार्यालय पशु सेवा निर्देशनालय परिसर हस्पिटल चोक र क्षेत्र नम्बर २ को कार्यालय… पुरा पढौ

पोखराको सेतीनदी भीरमा अड्केकी युवतीको उद्धार

पोखराको सेतीनदी भीरमा अड्केकी युवतीको उद्धार
पोखरा, २० असोज/ पोखरा महानगरपालिका वडा नम्बर १ जौवारी नजिकको भीरमा खसेकी एक युवतीको प्रहरीले उद्धार गरेको छ । बुधबार राति ९ बजे चिप्लीएर भीरमा खसेर सेती किनार भन्दा माथि अड्केकी युवतीको उद्धार गरेको हो । करिब दुई घण्टाको प्रयास पछि गोरखा घर भई पोखरा १६ बस्ने २४ बर्षिय दुर्गा श्रेष्ठलाई उद्धार गरेका कास्कीका प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले जानकारी दिए । राति ९ बजे भीरबाट लड्न गई सेती नदीको तिरमा अड्केको जानकारी पाएपछि प्रहरी टोली खटिएको थियो । वडा… पुरा पढौ

पोखरामा मोटरसाईकल दुर्घटना हुदाँ एक जनाको मृत्यु

दुर्घटना
पोखरा, २० असोज/ पोखरामा बुधबार राति सवारी दुर्घटामा परेर एक जनाको मृत्यु भएको छ । पोखरा १३ भद्रकाली बस्ने २९ बर्षिय विशाल नेपाली बुधकार राति ८ बजे भएको दुर्घटनामा परी मृत्यु भएको कास्कीका प्रहरी प्रवक्ता प्रहरुी नायव उपरीक्षक सुन्दरकुमार तिवारीले जानकारी दिए । ग ७ प २५९२ नम्बरको मोटरसाईकल पोखराको दीपमा दुर्घटना नेपालीको मृत्यु भएको तिवारीले जानकारी दिए । दुर्घटनाको विषयमा अनुसन्धान भइहरेको उनको भनाई छ । पुरा पढौ

झरीले दशैमा झन्झट्

दशै
पोखरा, १९ असोज/ मंगलबार रातीबाट परेको पानीका कारण झरीले दशैमा भन्झट् भएको छ । वर्षाका कारण आज विजया दशमीका दिन मानिसहरूलाई टीकाका लागि आवतजावत गर्न तथा आफन्त सगँ आशिरवाद लिन जान कठिनाइ भइरहेको छ । पोखरा, काठमाडौँ सहित देशका विभिन्न भू–भागमा गए रातिदेखि नै वर्षा भइरहेको छ । देशको पश्चिमी भागमा भारी मात्रामा वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अवस्थित रहेकाले आज दिनभर देशैभर हल्का तथा मध्यम वर्षा हुने अनुमान छ… पुरा पढौ

पोखराबाट झापा जाँदै गरेको कार त्रिशुलीमा खस्यो

दुर्घटना
पोखरा, १७ असोज/ पोखराबाट झापा जाँदै गरेको कार सोमबार बिहान त्रिशुलीमा नदीमा खसेको छ । बा १० च ५४४५ नम्बरको कार नारायणगढ मुग्लिङ सडकखण्डको सत्रकिलो भन्ने ठाउँबाट अनियन्त्रित भएर नदीमा खसेको चितवन प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा कार चालक लिला भट्टराई र उनकी श्रीमती देउकला दाहाल रहेका थिए । उनीहरु सामान्य घाइते भएका छन् । उनीहरुलाई स्थानीय र प्रहरी टोलीले उद्धार गरेका थिए । कार अनियन्त्री भएपछि नदीमा खसको कार चालक भट्टराईले बताए । उनले आफुले पौडी खेल्न… पुरा पढौ

कास्की प्रतिनिधि तथा प्रदेश सभा कुन क्षेत्र कति मतदाता

कास्की प्रतिनिधि तथा प्रदेश सभा कुन क्षेत्र कति मतदाता पुरा पढौ

नेपाली काग्रेसबाट कास्की ३ ख मा देबेन्द्र केसीको चर्चा

देबेन्द्र केसी
पोखरा, १६ असोज/ स्थानीय निर्वाचनमा केही स्वतन्त्र रुपमा निर्वाचनमा उत्रिएका युवाले जित हासिल गरेपछि संसदिय निर्वाचनमा दलहरुले युवाहरुलाई नै अगाडी बढाउने तरखरमा छन् । त्यसै तै कास्की क्षेत्र नम्बर ३ ख मा नेपाली काग्रेसबाट युवा नेतृत्वको चर्चा बढ्दो छ। उमेरले ३६ टेक्दा नटेक्दै युवा व्यवसायीका रुपमा चिनिएका देबेन्द्र केसी ब्यवसायिक सफलतामा छन् । केसीले कास्की ख को टिकट हात पार्ने तीब्र चर्चा काँग्रेसमा चलेको छ । लामो राजनीति नभै उद्धमशीलताका माध्यम हुँदै राजनीतिक यात्रामा होमिएका केसी सृजनशील युवा राजनीतिकर्मी हुन्।… पुरा पढौ