
गण्डकी प्रदेशसभा
पोखरा, २१ पुस/ गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पाँच दिनको समय दिएर नयाँ प्रदेश सरकार गठनको आह्वान गरेका छन् ।
संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सरकार गठन गर्न प्रमुख गुरुङले आव्हान गरेका हुन् ।
कुनै पनि दलले बहुमत नपाएका कारण धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री दाबी गर्न पुस २५ गते सोमबार दिउँसो ४ बजेको समय प्रदेश प्रमुख गुरुङले दिएका छन् ।





