समाचार

पोखरामा पर्यटकका निधारमा सप्तरंगी टीका

पोखरामा पर्यटकका निधारमा सप्तरंगी टीका
पोखरा, ६ कात्तिक/ तिहारमा सप्तरंगी टीका लगाएर पोखरामा नेपाली मात्रै रमाएनन् । पोखरामा विदेशी पर्यटक पनि रमाए । होटल संघ पोखराले आयोजना गरेको १८ औं भाइटिका महोत्सव विभिन्न देशका पर्यटकहरु सप्तरंगी टीका निधारमा लगाएर दंग परे । पर्यटकलाई पोखराको लेकसाइडमा भएको कार्यक्रममा रेन्वो चिल्ड्रन होमका वालिकाहरुले पर्यटकलाई टीका, माला, ढाका टोपी र सल उठ्दा पर्यटक दंग परे । उनीहरुले टीका लगाई सकेपछि एक अर्कालाई हेदै रमाए । निधारमा सप्तरंगी टीकाबाट सजिए पछि फोटो खिच्न व्यस्थ देखिएका थिए । नेपाली पर्व… पुरा पढौ

पोखरामा जुवा खेल्दै गरेका २० जना ६ लाख रुपैया सहित पक्राउ

जुवा तास
पोखरा, ४ कात्तिक/ पोखराका विभिन्न स्थानमा जुवातास खेल्ने–खेलाउनेहरुलाई कास्कीले प्रहरीलाई निगरानी बढाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले ४ दिन अवधिमा २० जनालाई ६ लाख रुपैयाँसहित पक्राउ गरेको छ । पोखराको नयाँबजार, विजयपुर र मोहरिया टोलबाट उनीहरुलाई पक्राउ गरिएको सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले बताए । जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा १ कत्तिकदेखि प्रहरी कार्यालय कास्की तथा मातहत समेतबाट खटिएको प्रहरी टोलीले पक्राउ गर्न सफल भएको हो । पक्राउ परेकाहरुमाथि अनुसन्धान तथा कारवाही प्रकृया अगाडि बढाइएको डिएसपी बस्नेतले जानकारी दिए… पुरा पढौ

पोखरामा प्रहरीका तालिम प्राप्त कुकुरहरू पुजा, कुकुरले देखाए कला

पोखरामा प्रहरीका तालिम प्राप्त कुकुरहरू पुजा, कुकुरले देखाए कला
सागर राज तिमिल्सिनापोखरा, ३ कात्तिक/ पाँच दिनसम्म मनाइने नेपालीहरुको पर्व तिहारको दोस्रो दिन आज कुकुर तिहार देशभर मनाइएको छ । यस दिन कुकुरप्रति सम्मान प्रकट गर्दै माला, टिका, मिठो खानेकुरा दिने गरिन्छ । पोखराका पनि प्रहरीले कुकुरको विषेश पुजा गरेको छ । पाँच दिनसम्म मनाइने नेपालीहरुको पर्व तिहारको दोस्रो दिन गण्डकी प्रदेश प्रहरी कार्यालयका कुकुरको विषेश पुजा भएको छ । तिहारको दोस्रे दिन कुकुरप्रति सम्मान प्रकट गर्दै माला, टिका, मिठो खानेकुरा दिने गरिन्छ । पोखराका पनि प्रहरीले कुकुरको विषेश पुजा… पुरा पढौ

पोखराको हेम्जामा सवारी दुर्घटना, एक व्यक्तिको मृत्यु, फरार चालक नियन्त्रणमा

पोखराको हेम्जामा सवारी दुर्घटना, एक व्यक्तिको मृत्यु, फरार चालक नियन्त्रणमा
पोखरा, ३ कात्तिक/ पोखरा महानगरपालिका वडा नम्बर २५, हेम्जा स्थित सडक खण्डमा सवारी दुर्घटनामा परी एक जना पुरुषको मृत्यु भएको छ। नौडाँडाबाट पोखरातर्फ आउँदै गर्दा अन्दाजी ५५ वर्षका एक पुरुषलाई ठक्कर दिई फरार भएको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय कास्की तथा वडा प्रहरी कार्यालय बगरबाट प्रहरी टोली खटिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका व्यक्तिलाई तत्काल उपचारका लागि पश्चिम क्षेत्रीय अस्पताल, पोखरा पठाइएको थियो। तर, अस्पतालमा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन्। प्रहरी अनुसन्धानका क्रममा कार्तिक ३ गते पोखरा–१०,… पुरा पढौ

द क्लिफमा शंकरले लेखे नयाँ इतिहास, नेपालको सबैभन्दा अग्लो हाइलाइन अभ्यास

द क्लिफमा शंकरले लेखे नयाँ इतिहास, नेपालको सबैभन्दा अग्लो हाइलाइन अभ्यास
पोखरा, १ कात्तिक/ पर्वतको कुस्मा र बाग्लुङको बलेवा बिचमा रहेको कालीगण्डकी खोचमा हाइलाइनको अभ्यास गरिएको छ। हाल जर्मनीमा बसोबास गरिरहेका धनकुटाका हिलेका शंकर कोइरालाले आफ्नो ड्रीम प्रोजेक्टुका रुपमा यो कार्यक्रम गरेका हुन् । कोइराला १५ वर्षदेखि युरोपका विभिन्न ठाउँमा हाइलाइन गर्दै आएका छन् । बन्जीलगायत एड्भेन्चर हबका रूपमा परिचित ‘द क्लिफ’मा पहिलोपटक हाइलाइन अभ्यास गरिएको हो। साहसिक पर्यटन प्रवर्द्धनको उद्देश्यले शंकर कोइरालाको संयोजनमा नेपालमा हाइलाइनको यस्तो प्रयास हुनु सराहनीय रहेको द क्लिफका अध्यक्ष राजु कार्कीले बताए। हाइलाइनको क्रु सदस्यहरूमा कोइराला… पुरा पढौ

टान गण्डकी र चुमनुब्री गाउँपालिकाका अध्यक्ष बिच मनास्लु पदमार्गबारे छलफल

टान गण्डकी र चुमनुब्री गाउँपालिकाका अध्यक्ष बिच मनास्लु पदमार्गबारे छलफल
पोखरा, ३१ असोज/ ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) गण्डकीले गोरखाको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामा सगँ मनास्लु पदमार्गका बारेमा छलफल गरेको छ । कार्यक्रममा मनास्लु पदमार्गको पर्यटन सम्भावना, चुनौती र समाधानबारे छलफल गरेका थिए । टान गण्डकी अध्यक्ष कृष्ण आचार्यले मनास्लु क्षेत्रमा सूचना अभाव, पथप्रदर्शकहरूको तालिमको कमी, गुणस्तरीय सेवाको अभाव, र उद्धार प्रणालीमा जटिलता रहेको बनाउदै त्यसको समाधानका लागि टान गण्डकी र गाउँपालिका मिलेर अगाडी बढ्नु पर्ने बताए । त्यसै गरी पथप्रदर्शक र पोर्टरहरूको बीमा र सुरक्षालाई सुदृढ गर्न… पुरा पढौ

७० औं प्रहरी दिवस–२०८२, कास्कीका डीएसपी हरी बहादुर बस्नेतलाई उत्कृष्ट प्रहरी पुरस्कार

७० औं प्रहरी दिवस–२०८२, कास्कीका डीएसपी हरी बहादुर बस्नेतलाई उत्कृष्ट प्रहरी पुरस्कार
पोखरा, ३१ असोज/ ७०औं प्रहरी दिवस–२०८२ को अवसरमा जिल्ला प्रहरी कार्यालय, कास्कीमा कार्यरत दुई प्रहरी अधिकृत विशेष सम्मानका साथ पुरस्कृत भएका छन्। नेपाल प्रहरी प्रधान कार्यालयबाट “उत्कृष्ट प्रहरी कार्य” विधामा प्रहरी नायव उपरीक्षक डीएसपी हरी बहादुर बस्नेतलाई पुरस्कृत गरेको छ । उनको पेशागत प्रतिबद्धता, कार्यकुशलता र अनुकरणीय सेवाको उच्च मूल्याङ्कन गर्दै यो सम्मान प्रदान गरिएको हो। त्यसैगरी, प्रहरी वरिष्ठ नायव निरीक्षक ९सइ० किसान केसीलाई गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराबाट उत्कृष्ट कार्य सम्पादनको मूल्याङ्कन गर्दै नगद पुरस्कार द्वारा सम्मानित गरेको छ… पुरा पढौ

कास्की कारागारबाट फरार ८१ जना कैदी तथा थुनुवा पक्राउ

जिल्ला प्रहरी कार्यालय कास्की
पोखरा, 3० असोज/ जिल्ला प्रहरी कार्यालय कास्कीले कास्की कारागारबाट फरार रहेका ८१ जना कैदी तथा थुनुवाहरूलाई पक्राउ गरेको छ । भदौ २३ र २४ गते आन्दोलन, तोडफोड तथा आगजनीका घटनापश्चात् कास्की कारागारबाट विभिन्न मुद्दामा थुनामा रहेका कैदीहरू फरार भएका थिए। त्यस पश्चात् कारागार विभागले असोज २० गतेसम्म स्वस्फूर्त रुपमा फर्किन अपिल गरेको थियो। सो म्यादसम्म कारागार नफर्किएका फरारलाई खोजतलास गरी पक्राउ गर्ने कार्य तीव्र पारिएको कास्की प्रहरीले जनाएको छ। प्रहरीको सक्रियता र अनुसन्धानपछि विभिन्न स्थानहरूबाट पक्राउ गरिएका कैदी र थुनुवाहरूलाई… पुरा पढौ

पोखराको फुर्सेखोलामा डुबेर बालकको मृत्यु

पाैडी डुवेर
पोखरा, ३० असोज/ पोखराको फुर्सेखोलामा डुबेर एक बालकको मृत्य भएको छ । कालिकोट घर भै हाल ललितपुर उपमहानगरपालिका–१८ भैंसेपाटीमा बस्दै आएका १३ वर्षीय विकाश देवकोटाको बुधबार दिउँसो फुस्रेखोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । पोखरा महानगरपालिका वडा नम्बर १७ स्थित फुस्रेखोलामा पौडी खेल्ने क्रममा डुबेका देवकोटाको तत्काल उद्धार गरी उपचारका लागि पोखरा स्थित पश्चिमान्चल क्षेत्रीय अस्पतालमा लगेमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी शैक्षिक भम्रणका क्रममा पोखरा आएका थिए । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको… पुरा पढौ

पोखरामा १८ औं भाइटिका महोत्सव हुँने

पोखरामा पालो पर्खिएर पर्यटकले लगाए भाइटिका
पोखरा, २९ असोज/ होटल संघ पोखरा नेपालले तिहारका अवसरमा आगामी कात्तिक ६ गते १८ औं भाइटिका महोत्सव २०८२ आयोजना गर्ने भएको छ । लेकसाइड स्थित होटल पौवामा यो महोत्सव हुन लागेको हो । संस्कृतिका माध्यमबाट पर्यटन प्रबद्र्धन गर्दै पर्यटन क्षेत्रलाई थप चलायमान बनाउने उद्धेश्यले महोत्सव आयोजना गर्न लागिएको संघका अध्यक्ष लक्ष्मण सुबेदीले जानकारी दिए । पछिल्लो पटक देशको विषम परिस्थितिका कारण पर्यटन क्षेत्र समेत प्रभावित हुन पुगेको भन्दै अध्यक्ष सुवेदीले महोत्सवले पर्यटनलाई पुरानै लयमा फर्काउन टेवा पुर्याउने विश्वास व्यक्त गरे… पुरा पढौ