
पाैडी डुवेर
पोखरा, ३० असोज/ पोखराको फुर्सेखोलामा डुबेर एक बालकको मृत्य भएको छ ।
कालिकोट घर भै हाल ललितपुर उपमहानगरपालिका–१८ भैंसेपाटीमा बस्दै आएका १३ वर्षीय विकाश देवकोटाको बुधबार दिउँसो फुस्रेखोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर १७ स्थित फुस्रेखोलामा पौडी खेल्ने क्रममा डुबेका देवकोटाको तत्काल उद्धार गरी उपचारका लागि पोखरा स्थित पश्चिमान्चल क्षेत्रीय अस्पतालमा लगेमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनी शैक्षिक भम्रणका क्रममा पोखरा आएका थिए । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।





